मनोरंजन

प्रेममा छन् त पुजा र आकाश?

फिल्म ‘पोइ पर्‍यो काले’ यही कात्तिक ८ गतेबाट देशभर प्रदर्शनको तयारीमा छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसारका लागि यतिबेला फिल्म युनिट मोफसल टूरमा छ।

यसैबीच निर्माण टिमले चितवन पुगेर सञ्चारमाध्यमसँग फिल्मको विषयमा अन्तरक्रिया गरेको छ। निर्देशक शिशिार राणाले सञ्चारकर्मीसँग कुरा गर्दै फिल्म ‘पोइ पर्‍यो काले’ हाँस्य विधामा रहेर सामाजिक कथावस्तुमा आधारित रहेको जानकारी गराए।

समाजमा मानिसको बाहिरी रुप मात्र हेरिने गलत प्रवृत्तिमाथि फिल्म निर्माण भएको निर्देशक राणाको भनाइ छ।

निर्देशक राणाकै कथामा तयार फिल्ममा अभिनेत्री पूजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, सौगात मल्ल लगायतको अभिनय छ।
सञ्चारकर्मीसँगको अन्तक्रियामा अभिनेत्री पुजा शर्मा र अभिनेता आकाशले पनि फिल्मका बारेमा आ–आफ्नो प्रतिक्रिया दिन भ्याए। उनीहरूले फिल्म सामान्यतया निर्माण हुने प्रेमकथाहरूभन्दा भिन्न रहेको प्रतिकृया दिए।

यसैबीच अभिनेता अकाश र अभिनेत्री पुजाले केही फिल्ममा निरन्तर स्क्रीन सेयर गरिरहेका छन्। यसरी सँगै काम गरिरहेकाले पुजा र आकाश एकअर्कामा प्रेम सम्बन्धमा रहेका गसिप तथा सामाजिक सञ्जालमा चर्चा बन्ने गरेको छ।

यस विषयलाई अभिनेत्री शर्माले चितवनमा स्पस्टिकरण दिएकी छन्। उनले भनेकी छन्, ‘पोइ पर्‍यो काले’ बाट फरक किसिमको फिल्ममा काम गर्ने अवसर पाएको छु।सँगै आकाश श्रेष्ठसँग आफ्नो केमेस्ट्री सुहाउने भएकै कारण बजारमा प्रेमको चर्चा चलेको हो। तर, हामी प्रेममा छैनौं,’ पुजाले भनिन्, ‘आकाश एक असल साथी मात्र हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *