मनोरंजन

तीन यस करोडको दौडमा ऋतिक र टाइगरको ‘वार’

ऋतिक रोशन र टाइगर श्रफ अभिनित फिल्म ‘वार’ दर्शकमाझ रिलिजमा आएको १८ औं दिन भइसकेको छ । एक्शन थ्रिलर फिल्म ‘वार’ले १७ औं दिनमा बक्स अफिसमा २९१.०५ करोड भन्दा बढीको ब्यापार गरिसकेको थियो । अब १९ औं दिनमा फिल्मले करीब तीन सय करोडको हाराहारीमा कलेक्शन गर्नसक्ने आँकलन गरिएको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले ‘वार’को १८ औं दिनको कलेक्शनपनि सेयर गरिसकेका छन् । फिल्मले १८ औं दिन ४.३५ करोड भन्दा बढीको ब्यापार गरेको छ । त्यसोत, अहिलेसम्म वारले २९५.७५ करोडको कलेक्शन गरिसकेको छ ।

सबै भन्दा बढी कमाई गर्ने फिल्म कवीर सिंह र धुम-३ लाई पनि वारले पछाडि पारिसकेको छ । यसरीनै वारले कमाई गर्दै जाने हो भने सलमान खान र अनुष्का शर्मा स्टारर् फिल्म सुल्तानको लाइफ टाइम कलेक्शनको रेकर्डलाई पनि पछाडि छोड्न सक्नेछ ।

यो फिल्मले भारतमा मात्रै नभई विदेशमा पनि राम्रो कमाई गरिरहेको छ । वारले अमेरिका, युएई र युकेमा १२.१० मिलियन डलरको कमाई गरिसकेको छ। फिल्म रिलिजमा आएको सबै देशहरुमा वारले राम्रो प्रतिक्रिया पाइरहेको छ । यो फिल्ममा वाणी कपुर पनि मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *