एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाई कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।यसले व्यक्तिको स्वास्थ्यसम्बद्ध समस्याहरूलाई झन् जटिल बनाउन सक्छ । कागतीमा पाइने केही तत्वले जसले त्यसम्बन्धी समस्यालाई बढाउनुका साथै दाँतमा समस्या निम्त्याउँछ ।
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती–पानी पिउनु हुँदैन:
– कागती पानीमा एसिडको मात्रा धेरै हुन्छ । तसर्थ यस्तो पानी बढी पिउनाले एसिडिटी बढ्ने, मुटुको जलन, एसिड रिप्लक्स जस्ता समस्या बढ्न जान्छ ।
– पेटमा अल्सर भएको छ भने पनि कागती पानी नपिउनु राम्रो हुन्छ । यसले पेटमा दुखाइ र जलन निम्त्याउँछ ।
– जुन व्यक्तिको दाँतमा समस्या छ, कागती पानी पिउनाले दाँतमा भएको इनामेल हुन गई दाँत टुक्रिने वा सेन्सिटिभिटी बढ्ने जस्ता समस्या पैदा हुन सक्छ ।
– पिसाबसँग सम्बन्धित समस्या छ भनेपनि कागती पानी नपिउनु नै उत्तम हुन्छ । कागती पानी पिउनाले बारम्बार पिसाव लाग्ने हुँदा त्यस्तो समस्यालाई झन् प्रभावित गराउँछ ।
– कागती पानीले कफ र पित्त बढाउँछ । यदि व्यक्तिलाई कफ एवं पित्तको कुनै समस्या भए यस्तो पानीले अझ समस्या जटिल बनाउँछ ।