काठमाडौं : नेपाली मुख्य पर्व दशैंको बिदाईसँगै तिहारको स्वागतको तयारीमा छन्। तिहारलाई प्रकृत्तिले पनि स्वागत गरेको हुन्छ। यसै समयमा मौसमी फूलहरू फुल्छन्।
दशैंको बिचमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्नको लागि काठमाडौंका सडक खण्डमा रोपिएका फूलहरू ढकमक्क फुलि रहेका छन्। काठमाडौंको बबरमहर-माइतीघरमा रोपिएका फूलहरू अहिले फुलेर सडको सुन्दरता बढाएको छ। हरियो दुबो र माइतीघ मण्डलाको राखिएको फ्लेक्स बोर्डमा राखिएको रारा देखि पोखरासम्मका तस्विरले तिहारसँगै नेपाल भ्रमण वर्षलाई पनि स्वागत गरेको देखिन्छ।