खेलकुद

रोहितको टिम जकार्ता विजयी

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिग वानमा साँघुरो जित निकालेको छ ।

आइतबार भएको खेलमा जकार्ताले पिएसएम माकासरलाई १–० गोल अन्तरले पराजित गरेको हो । जकार्ताको जितमा मार्को सिमिकले ८५ औं मिनेटमा निर्णायक गोल गरे ।माकासरविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।

जितसँगै साविकको विजेता समेत रहेको जकार्ताले २१ खेलबाट २३ अंक जोडेको छ । जकार्ता लिगको १३ औं स्थानमा छ । पराजित पिएसएम ३० अंक जोडेर नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *