प्रमुख समाचार

आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नुपर्छः उपराष्ट्रपति पुन

काठमाडौँ -उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन् । विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सोमबार राजधानीमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विज्ञान र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

श्रम र क्षमतालाई प्रविधिमा बदल्न नसकेका कारण नेपालले तुलनात्मक रुपमा विकासको फड्को मार्न नसकेको भन्दै उनले आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नुपर्ने बताए ।

प्रविधिको प्रयोग गर्न नसकेकाले विकासमा नेपाल पछि परेको उल्लेख गर्दे उनले नेपाल र नेपालीको जीवनस्तर उठाई सम्मृद्ध नेपाल निर्माणका लागि प्राप्त ज्ञानलाई नेपालमा नै प्रयोग गर्न युवा वैज्ञानिकहरुलाई आग्रह गरे ।उपराष्ट्रपति पुनले ३ दिन सम्म चल्ने सम्मेलनले दिने निचोड मुलुकका लागि ठूलो उपलब्धि हुने विश्वास आफुले लिएको बताए ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले विद्यालयतहमा नै प्राविधिक शिक्षा उपलब्ध गराउने गरि विज्ञान र प्रविधिलाई उच्च प्राथमिकतामा राखेको बताए ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजना भएको सम्मेलन सम्मेलन ३ दिन सम्म चल्ने छ । स्वदेशमा कार्यरत र विदेशमा बसेका नेपाली वैैज्ञानिकहरुको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *