अन्तरास्ट्रिय

फ्यानले घेरे अमिताभ बच्चनको घर, तर बिग बीले माग्नुपर्‍यो माफी !

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चन जति व्यस्त होऊन् तर उनी फ्यानसँग जोडिएका हुन्छन् । उनी कहिलेकाहीँ सामाजिक सञ्जालका माध्यमबाट पनि फ्यानसँग कुराकानी गर्ने गर्छन् ।

प्रायः अमिताभ बच्चन कुनै मौका पारेर फ्यानसँग कुरा गर्न रमाइलो मान्ने गर्छन् । र, आइतबार फ्यानलाई उनले एक झलक पनि दिने गर्छन् ।

तर यो आइतबार भने उनी फ्यान भेट्न घरबाहिर निस्केनन् । जसकारण उनले माफी नै माग्नुपर्‍यो ।अमिताभको घर पुगेका फ्यान निराश भएर फर्किनुपर्‍यो । जसकारण अमिताभले फ्यानसँग माफी मागे ।

अमिताभ बिरामी भएका कारण उनी फ्यानसँग भेट्न पाएनन् । हालै अमिताभ रुटिन चेकअपका लागि अस्पताल भर्ना भएका थिए । यसबीचमा कैयन् समाचार बाहिर आए । त्यसपछि अमिताभले ब्लगका माध्यमबाट उक्त अफवाह फैलाउनेप्रति दुःख व्यक्त गरे ।

आइतबार भने घरबाहिर भेट्न आएका फ्यानलाई भेट्न नपाएपछि उनले ट्वीटरमा लेखे, ‘मैले मानिनँ, र पनि मान्छे मलाई भेट्न आए, माफी चाहन्छु, म बाहिर आउन सक्दिनँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *