प्रमुख समाचार

जम्मू-कश्मीर आक्रमणमा दुई जना गाेर्खा सैनिककाे ज्यान गयाे

आइतबार जम्मू-कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गाेर्खा सैनिकको ज्यान गएकाे छ ।आक्रमणमा परि एक जना नेपाली नागरिक र अर्काे एक जना नेपाली मूलका भारतीय सैनिकको ज्यान गएको छ ।

गोलीबारीमा गोर्खा रेजिमेन्टका जवान पदमबहादुर श्रेष्ठ र राइफल म्यान गमिलकुमार श्रेष्ठको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पदमबहादुर श्रेष्ठ आसामको गोलाघाटका हुन् । ज्यान गुमाउने जवान गमिलकुमार श्रेष्ठ नेपालको पाल्पा जिल्लाका रहेको खुल्न आएको छ।

भारतीय सेनाले पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै गरेको गोलाबारीमा एक जना सर्वसाधारणसहित दुई सैनिकको ज्यान गएको बताएकाे छ ।

भारतीय सेनाका प्रधान सेनापति जनरल विपिन रावतले दुई जना सैनिकको निधनलाई लिएर दुःख व्यक्त गरेका छन् ।

गएको अगष्ट ५ मा जम्मू-कश्मीरलाई विशेष राज्यको मान्यता दिने धारा ३७० खारेजपछि भारत-पाकिस्तानबीच तनाव बढ्दो छ । योसँगै भारत र पाकिस्तानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *