मनोरंजन

फ्यानहरुले भेट्न नपाएपछि अमिताभले मागे माफी

मुम्बई। बलिउड अभिनेता अमिताभ बच्चनले संधै आइतवार आफ्ना फ्यानलाई भेट्ने गरेका छन् । उनको घर बाहिर फ्यानको भि ड लाग्ने गरेको छ । फ्यानको मायालाई आत्मसात गर्दै उनी घर बाहिर निस्कने गरेका छन् । जतिसुकै व्यस्त भएपनि यो उनको सँधै गर्ने काम हो । फ्यानहरुसंग जोडिन अमिताभ निकै मन पराउँछन् । प्रत्यक्ष भेट्न नपाएपनि उनी कहिलेकाहीँ सामाजिक सञ्जालका माध्यमबाट पनि फ्यानसँग कुराकानी गर्ने गर्छन् ।

प्रायः अमिताभ बच्चन कुनै मौका पारेर फ्यानसँग कुरा गर्न रमाइलो गरिरहन्छन् । जसका कारण उनको लोकपृयता घटेको छैन झन बढ्दै गएको छ ।, आइतबार फ्यानलाई उनले एक झलक पनि दिने गर्छन् । घर बाहिर निस्केर उनको प्रतिक्षामा बसेका फ्यानलाई एक झलक दिन्छन् । हात हल्लाएर अभिवादन गर्छन ।

तर यो आइतबार भने उनी फ्यान भेट्न घरबाहिर निस्केनन् । जसकारण उनले माफी नै माग्नुपर्यो । अमिताभको घर पुगेका फ्यान निराश भएर फर्किनुपर्यो । जसकारण अमिताभले फ्यानसँग माफी मागे । उनी अस्वस्थ्य भएका कारण घर बाहिर निस्कन सकेनन् । उनी अस्वस्थ्य भएको जानकारी पाएका फ्यान पनि आइतवार अमिताभको एक झलक पाउने प्रतिक्षा गर्दै घर बाहिर उभिन पुगे । उनको घर फ्यानले घेरीएको थियो।

अमिताभ बिरामी भएका कारण उनी फ्यानसँग भेट्न पाएनन् । हालै अमिताभ रुटिन चेकअपका लागि अस्पताल भर्ना भएका थिए । उनले सो कुराको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका छन् । उनी अस्पताल भर्ना भएपछि यसबीचमा कैयन् समाचार बाहिर आए । त्यसपछि अमिताभले ब्लगका माध्यमबाट उक्त अफवाह फैलाउनेप्रति दुःख व्यक्त गरे । आइतबार भने घरबाहिर भेट्न आएका फ्यानलाई भेट्न नपाएपछि उनले ट्वीटरमा लेखे, ‘मैले मानिनँ, र पनि मान्छे मलाई भेट्न आए, माफी चाहन्छु, म बाहिर आउन सक्दिनँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *