प्रमुख समाचार

कक्षा सुरु नहुँदै विद्यालयका कम्प्युटर चोरी

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लाको १५ थना कम्प्युटरका सरसमान चोरी भएको छन्। कक्षाको ताल्चा खोले कम्प्युटरको १५ थाना वटा सिपियु , एकथान प्रोजेक्टर र तीनवटा राउटर चोरी भएको हो।

विद्यालयमा जडान गरिएको सीसीटिभी क्यामराको विद्युतीय तार लाइन कटेको समयमा काटेर चोरी भएको प्रहरीले जनाएको छ। शिक्षक अभावमा कम्प्युटर कक्षा संचालन भएको थिएन। कक्षामा कम्प्युटर किताबबाट सैद्धान्तिक ज्ञान पाएका विधार्थीहरु प्रयोगात्मक अभ्यास गर्ने आशामा थिए। कम्प्युटर चोरी भएपछि विद्यार्थीहरु निराश बनेका कक्षा १० की बालिका मञ्जु कुमारी महतोले बताइन्।

पक्की भवनको कोठाभित्र राखिएका समान चोरले विद्यालय लगाएको ताल्चा खोलेर समचान चोरी गरेपछि फेरि त्यसै आकार प्रकारको ताल्चा लगाइदिएका थिए। कोठामा नयाँ ताल्चा देखिएपछि चोरी भएको अनुमान गरिएको थियो। प्रहरी चौकी किसाननगर असई रामइश्वर महतोको प्रहरी टोली विद्यालय पुगेर ताल्चा काटेर हेर्दा कम्प्युटरका सरसमानहरु चोरी खुलेको थियो।

चोरी भएका १५ थना कम्प्युटरका सिपियु बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर अशोक साहले जनाए। भंगहा नगरपालिका–४ पुरानो रातु खोला किनारको विभिन्न स्थानबाट फालेको सो सरसमान प्रहरीले बरामद गरेको हो। चोरी गर्ने गिरोहको खोजीमा प्रहरी टोली खटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *