राजनिति

थानकोट–चित्लाङ सुरुङमार्ग बन्छ, ५ मिनेटमा चित्लाङ पुगिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थानकोट–चित्लाङ सुरुङमार्ग बनाउने घोषणा गर्नुभएको छ । राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको दहचोक–सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले छिटैनै थानकोट–चित्लाङ सुरुङमार्ग बनाउने घोषणा गर्नुभएको हो ।

उहाँले थानकोट-चित्लाङ सुरुङमार्ग बनेपछि ५ मिनेटमै आवजावत गर्न सकिने भन्दै अरु कुरा काट्दै गर्छन सरकार काम गर्दे गर्ने धारणा समेत राख्नुभयो ।

सुरुङ निर्माणको लागि सर्भेको काम सुरु भैसकेको भन्दै प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकारकै पालोमा समृद्ध नेपाल देख्नचाहेको र सवै नागरिकलाई विकास अपनत्व हुने गरि देशलाई समृद्धि तर्फ उन्मूख बनाउन खोजेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *