मनोरंजन

यी हुन् अत्याधिक रक्सी पिएर हस्पिटलमा भर्ना समेत भएका बलिउड कलाकारहरु

एजेन्सी । बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो रक्सीको लतमा नराम्ररी फसेका छन् । रक्सीको लतका कारण उनीहरु बारम्बार विवादमा पनि तानिने गरेका छन् ।

कुनै समयकी चर्चित अभिनेत्री अमिशा पटेल पनि रक्सीको लतमा थिइन् । त्यस्तै स्टार अभिनेता संजय दत्त रक्सीको नशाबाट बाहिर आउन नसकेको बताउँछन् । अर्का अभिनेता हुन् अर्जुन रामपाल ।

उनी पनि रक्सीको लतमा फसेका थिए । पछिल्लो समय उनले आफुलाई रक्सीबाट पर राख्न धेरै कोशिस गरेको बताएका थिए । सोनाम कपुर पनि उत्तिकै रक्सी पिउने अभिनेत्री हुन् ।

रक्सीले मातेपछि उनलाई विभिन्न पार्टीबाट उठाएर घरसम्म पुर्याएको समाचारहरु पनि पाएका थिए । सलमान खान पनि अल्कोहेलिक हुन् । उनले रक्सी पिएपछि गरेका हर्कतहरु समाजिक सञ्जालमा भाइरल भएका थिए ।

उनले रक्सीकै कारण विभिन्न कोस्टारसँग झगडा गरेका पनि थिए । शाहरुख पनि अल्कोहेलिक हुन् । उनले एक अन्तर्वार्तामा यो कुरा स्वीकार गरेका थिए । हालसम्म उनले चुरोट पनि छोड्न नसकेको बताएका थिए ।

अर्का बलिउड लिजेण्ड धर्मेन्द्र पनि अल्कोहेलिक हुन् । उनी रक्सी धेरै पिएकै कारण बेलाबेलामा हस्पिटल भर्ना भइराखेको समाचार बाहिर आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *