राजनिति

ओलीले फसाएको भन्दै रोए महरा, सिटौलासँग खुलाए यस्ता कारण !

काठमाडौं– प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फसाएको बताएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग नर्भिक हस्पिटलमा भएको भेटमा उनले ओलीले आफुलाई फसाएको दावी गरेका हुन् ।

सिटौलासँग रुँदै उनले सरकार र सरकारको नेतृत्वप्रति फरक मत वा असहमत राख्ने विपक्षी दल होस् वा सत्तारुढ दलका नेतालाई एकपछि अर्को गर्दै विवादमा तान्ने र राजनीति ड्यामेज गर्ने अभियानलाई नै शुरू गरेको अनुभव गरेको बताएका थिए । महराले आफू सभामुख भएदेखि नै प्रधानमन्त्रीले गुनासो र असहमति राखेको बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाबाट ५३ अर्ब सहयोग प्राप्त गर्न मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) परियोजना संसदबाट अनुमोदन गर्न सुझाव दिएका थिए । तर, ओलीको सुझाव महराले मानेनन् । ओली रुष्ट बन्नुको अर्को कारण हो संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर चलाउँदा विपक्षी दलका सांसदले गरेका प्रश्नको जवाफ दिने क्रममा ओलीले ‘निम्छरो’ शब्द ।

निम्छरो शब्दलाई लिएर प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीले शब्द फिर्ता लिनुपर्ने अडान राखेर हंगामा मच्चाएपछि तत्कालीन सभामुख महराले सो शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । आफूले बोलेको भनाइलाई रेकर्डबाट हटाउने विषयमा समेत ओली आफूसँग रुष्ट बनेको महराको भनाइ छ ।

आफ्नो पिछा गर्न सरकारले करिब तीन सयको संख्यामा अनुसन्धान विभाग र नेपाल प्रहरीलाई खटाएको आफ्नो आवागमनको निगरानीका लागि सीसीटीभी जडान गरिएको, आफूसँग सल्लाह नगरी प्रचण्डको इशारामा चलेको जस्ता आरोप लगाएको भन्दै महराले सिटौलासामु लामो दुखेको पोखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *