पछिल्लो समय अभिनेत्री सारा अली खान ‘कुनी नम्बर–१’को सुटिङमा ब्यस्त छन् । यो फिल्मको साराको अपोजिटमा अभिनेता बरुण धवण रहेका छन् । यो फिल्मको सुटिङबाट ब्रेक लिएर अभिनेत्री सारा अली खान आफ्नो साथीहरुसँग छुट्टी मनाउन श्रीलंका पुगेकी छन् ।
यसै क्रममा अभिनेत्री सारा अली खानले आफ्नो तस्वीर र भिडियो क्लिपहरु इन्स्टाग्राममा सेयर गरेकी छन् । साराले सेयर गरेकी तस्वीर र भिडियोमा उनले श्रीलंका ट्रिपमा रमाइलो गरिरहेकी छन् । उनले सेयर गरेकी भिडियोमा साराले लोकल रिक्सामा सफर गरिरहेकी छन् ।
साराको आगामी फिल्म कुली नम्बर १ र आजकल हो । आजकल फिल्ममा साराको अपोजिटमा कार्तिक आर्यन रहेका छन् । यो फिल्म २०२० को भ्यालेन्टाइन डेको दिन दर्शकमाझ रिलिजमा आउँदैछ ।