प्रमुख समाचार

बाटो खन्ने क्रममा डोजरले महिलालाई उधिनेर फाल्ने चालक प’क्राउ

काठमाडौँ। बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा सडक निर्माणका विषयमा गाउँलेहरुबीच विवाद हुँदा महिलालाई पल्टाउने डोजर चालक पक्राउ परेका छन् ।

डोजर आ’तं’कबाट ग्वालेककी गौरी जोशी गम्भीर घा’इते भएकी थिइन्। डोजर चालक किशोर बोहरालाई बैतडी प्रहरीले प’क्राउ गरेको जनाएको छ । उनीमाथि अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।

जग्गा वि’वाद मिलाउन भन्दै स्थानीय बासिन्दाले केही समय माग गरेका थिए । तर त्यस अगाबै डोजरले बाटो खन्न थालेपछि स्थानीयले अव’रोध गरेका थिए ।

सोही क्रममा डोज चालक बोहराले अ’वरोध गर्न आएकी जोशीलाई डोजरले उ’धिनेर फालेका थिए । घाइते भएका जोशीसहित ७ जनाको बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । डोजर आ’तं’क’को उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । चालकको चौतर्फी आलोचना गर्दै कार’बाहीको माग गरिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराईले यो हेर्नै नसकिने दश्य भन्दै ट्वीट गरेका छन् । मान्छेलाई डोजरले हाक्काहाक्की पेल्ने त अ’परा’धिक मानसिकताको पराका’ष्ठै भयो! दूर्गम भेगका जनता र झन् महिलालाई मान्छै नगन्ने कस्तो प्रवृत्ति ? यस्तो प्रवृत्ति सहन गर्नु पनि अ’प’राध हैन र ? कहाँ छ सरकार ? तुरून्त अ’परा’धीलाई कठ’घरामा उभ्याइयोस्! निमुखा जनताको सुरक्षा होस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *