प्रमुख समाचार

यी हुन् पिङ उद्घाटन गर्ने कम्युनिस्ट सांसद, सामाजिक सञ्जालमा खिल्ली उडाइँदै

काठमाडौं – सामाजिक सञ्जालमा हिजोआज एउटा तस्वीर भाइरल भइरहेको छ । जसमा एक जना व्यक्ति दशैंमा खेलिने पिङ उद्घाटन गरिरहेका छन् ।

पिङ उद्घाटन गर्ने व्यक्ति पूर्व एमालेबाट निर्वाचित नेकपाका सांसद भएको बुझिएको छ । ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञराज सुनुवारले दशैंको बेला पिङ उद्घाटन गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

निर्वाचनका बेला रेलदेखि पानीजहाजसम्म बनाउने भनेर ठूल्ठूला कुरा गरेका कम्युनिस्ट अहिले पिङ उद्घाटनमा लागेपछि सामाजिक सञ्जालमा हाँसोको पात्रा बनेका छन् । ओखलढुंगा जिल्लाका वासिन्दा नै सुनुवारको पिङ उद्घाटनको फोटो देखेर आक्रोशित बनेका छन् ।

ओखलढुंगाका एक स्थानीयले मिडिया डबलीमार्फत् आक्रोश पाख्दै सांसद सुनुवारलाई भने, ‘ मैले भोट नदिएपनि तपाईं बाहेक अरु माननीय मेरो छैनन् । यसको धेरै अर्थ नलागोस्, व्यक्तिगत रुपमा तपाईंलाई रिस पोखेको कदापी होइन । मलाई त्यो कुराको पनि राम्रो ज्ञान छ । मैले मेरो माननीयलाई खुइँल्याउँदै गर्दा म आफू चोखो रहदिनँ । तर पनि भन्न बाध्य छु, हामीले अहिलेको यो युगमा तपाईं जस्तो जनप्रतिनिधिसँग कस्तो समाजको परिकल्पना गर्नु ? जब कि यो युगमा पिङको उद्घाटन गर्दै हुनुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *