राजनिति

डब्लुएचओमा जागिर खान स्वास्थ्य सचिवबाट राजीनामा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या सचिव डा.पुष्पा चौधरीले राजीनामा दिएकी छन्। चौधरीले सोमबार लिखित राजीनामा दिएकी हुन्।

उनले स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएकी छन्। उनको राजीनामा स्वीकृतिको लागि मन्त्रीपरिषदमा पठाइएको छ। चौधरीले विश्व स्वास्थ्य संगठनमा जागिर खान दुई वर्ष अघि नै राजीनामा दिएको स्रोतले बताएको छ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चौधरीले राजीनामा दिएको पुष्टि गरे। यस अघि उनलाई स्वास्थ्य सचिवबाट दायित्व विमुख गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको थियो।

सर्वोच्च अदालतमा मुद्दा हालेर उनी पुनः स्वास्थ्य मन्त्रालयमा फकिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *