राजनिति

बाबुरामले हेरे ‘छ माया छपक्कै’ : यस्तो छ प्रतिक्रिया

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चलचित्र ‘छ माया छपक्कै’ चलचित्र हेरेका छन् । मंगलबार हलमै गएर बाबुरामले दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँगै बसेर चलचित्र हेरेका हुन् ।

उनले चलचित्रमा स्वास्थ्य मनोरञ्जनको उचित संयोजन भएको उल्लेख गर्दै अपेक्षा गरे भन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् । सँगै उनले विदेशी चलचित्रको प्रभुत्व कम गर्न यस्ता चलचित्रको प्रवद्र्धन गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘‘छ माया छपक्कै’ शीर्षकले हल्काफुल्का फिल्मको संकेत गरेपनि समसामयिक विषयवस्तु र स्वस्थ मनोरन्जनको उचित संयोजन रहेको यो नेपाली चलचित्र अपेक्षा गरेभन्दा राम्रो रहेछ’, बाबुरामले ट्विटरमा लेखेका छन्, ‘विदेशी चलचित्रले प्रभुत्व जमाएको नेपाली बजारमा यस्ता फिल्मलाई प्रवद्र्धन गर्नु सबै हिसाबले उपयुक्त हुनेछ ।’ उनले चलचित्र टिमलाई ट्विटरमार्फत् नै बधाई तथा शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *