विविध

सपेरोको कथामा अल्मलिएका भगवानका भक्त

काठमाडौं। देहरादनमा एकपटक एक व्यक्तिले भने, देहरादूनमा त चमत्कार भएको छ । एक सर्प निस्किएको छ जसको मुख मानिसको र पुच्छर सर्पको छ, बिल्कुल शिव भगवानको गलाबाट उत्रिएर आएको छ । एक भान्छामा दस भान्से भए दसपटक अवश्य नुन हाल्छन् । त्यस्तै एक कुरालाई दश व्यक्तिले सुनाए एक व्यक्तिले केहि न केहि बढाएर नै भन्नेछन् । त्यसर्थ हजारौ मानिसहरु सर्पको दर्शनको लागि जान थाले । कोहि दूध लिएर, कोहि फूल लिएर, कोहि केहि लिएर सो रुख भएको ठाँउमा गएर शंकर भगवानको जयजयकार भन्न थाले । सर्पको दर्शन गर्न त्यहाँ मेला जस्तै लागेको थियो । यातायात विभागले त्यहाँ बसहरु थपेको थियो, डाक्टर त्यहाँ क्याम्प लगाएर बसे, सम्पूर्ण बजार नै त्यहाँ लाग्यो । मेलामा सहभागी कुनै बुद्धिमान व्यक्तिले यो सोचेनन् कि आखिर माम्ला के हो ?

यदि सर्प नै हो भने तब पूजा शंकर भगवानको गर्नुपर्ने यो सर्प को किन ? घरमा पाहुना आउँदा तपाई पाहुनाको खातिरदारी गर्नुहुन्छ वा उनको बाहनको ? तर जब व्यक्ति अन्धविश्वासमा उल्झन्छन‍ तव उनिहरु भित्र सोच्ने र विचार गर्ने बुद्धि बिल्कुल हुँदैन । सबैले भने मुख मानिसको र पुच्छर सर्पको छ र निकै चमत्कारी छ; जो देख्न गए, उनिहरुले पनि यसैको पुष्टि गरे कि हो, मैले कालो कालो देखे। हो मैले मुख देखे, कसैले भनेछन् कि मैले टाउको देखे, हेरेर मानिसहरु संतुष्ट पनि भइरहेका छन्, यहाँ शिवजी भगवान प्रकट हुनुभयो । यस प्रकारको मान्यता, यस प्रकारको कुरा हाम्रो समाजमा आजकल निकै प्रचलित छ । त्यहाँ यस्तो प्रकट भयो, उता यस्तो प्रकट भयो, साक्षात भगवान नै सर्पको रूपमा प्रकट हुनुभयो, मान्नुभए फाइदा हुन्छ नत्र नोक्सान हुन्‍छ । यस प्रकारको अनर्गल मान्यताहरुमा आफ्नो अमुल्य जीवनलाई हामी व्यतीत गर्छौ र सत्य, जुन निरन्तर रहनेवाला चीज हो, त्यसबाट वंचित हुन्छौ । त्यस असत्यको पछि आफ्नो समयलाई बर्बाद गर्छौ । जुन केहि समयको लागि सत्य- जस्तो लाग्छ ।

चार दिनपछि त्यहाँ पुलिसले एक सपेरेलाई समाते, उसको पिटाई गरे तब उनले भने हजुर मलाई माफ गर्नुहोस मसँग एक अन्धो सर्प थियो; मैले त्यसलाई नचाउन पनि सक्थे; मैले सर्पलाई बिलमा हाले, माथिबाट फूल राखे र भने यो त शंकर भगवानको सर्प हो । दोस्रोले भन्यो – हो हजुर सर्प त मैले पनि देखे र त्यसको मुख पनि मानिसको जस्तो थियो । हुँदा हुँदै त्यो चर्चा सारा देहरादून शहर र गाँउमा यसरी फैलियो त्यहाँ कति मानिसहरु दूध लिएर पुगे, जसको कुनै हिसाब छैन र न कुनै लाभ, सबै व्यर्थ मै गए । फेरी, त्यस सपेरेले सर्पलाई समातेर लिएर गए, तब मानिसहरुले आरामको सास लिए ।

विचार गर्नुपर्ने कुरा अन्धो भक्ति हामी गरिरहन्छौ भने हाम्रो भविष्य के होला । यदि तपाईलाई न्यायकर्ता, धर्मराज बनाइए के तपाईको मनले धर्मान्ध व्यक्तिलाई इनाम दिनुपर्छ भन्नेछ? तपाई भन्नुहुनेछ कि अरे बुद्धु, भगवानले बुद्घी पनि दिनुभयो, विचार गर्ने शक्ति पनि दिनुभयो, जनावरबाट तलाई मानिस पनि बनाउनुभयो, जंगलबाट शहर पठाउनुभयो तेरो यती विकास गर्नुभयो तर फेरी पनि तैले विचार गरिनस् । जंगलका जंगल नै कायम गरिस, जनावरहरु जस्तै अन्धो भक्ति गरिस जनावरबाट जनावर नै बनि रहिस। यसकारण त जनावरहरुको योनिमा जानेछस्।

भक्ति विचार गरेर हुन्छ, आँखा चिम्लेर हुदैन । आँखा चिम्लेर गरिने अन्धो भक्ति हुन्छ र आँखा खोलेर, हेरेर कदम चलाउनु सही भक्ति हो। हाम्रा जति पनि महापुरुषहरु आए उनिहरुले सधै नेत्र खोलेर अघि बढ्न भने तर हामी यस्तो अभागी छौ कि बुद्घीबाट विचार गर्दैनौ र आँखा बन्द गरेर अघि बढ्न चाहन्छौ र सोच्छौ कि सबै पुरा हुनेछ । यस्तो अन्धो भक्तिबाट हाम्रो कल्याण कदापि हुनेछैन । सत्य के हो त्यसलाई जान्ने र बुझ्ने कोशिश गर्नुपर्नेछ । असत्यलाई तुरुन्तै मान्ने हाम्रो बानीले हाम्रो उद्धार हुनै छैन ।

पाँच पाउण्ड एकमा
आजकल यस्तै स्थिति भएको छ कि मानिसलाई भगवानलाई जान, आत्मालाई जान, केवल मान्ने मात्र नगर भनिए उनिहरुले भन्नेछन् कुरा त राम्रो हो तर अहिले समय भएको छैन, पछि जान्नेछौ । अन्यले भन्नेछन् यो त भन्ने कुरा हो, यति सजिलैसँग भगवानलाई कसरी जान्न सकिन्छ, यति सहज तरीकाले आत्मज्ञान कसरी प्राप्त हुनसक्छ, यति सस्तो आत्मज्ञान कहाँ छ । यस कलियगमा कसले दिन सक्छ ? सबै ढोग हो । पाखण्ड हो।

यस्तै इङ्ल्याण्डको राजधानी लण्डनमा एक व्यक्तिले एक प्रयोग गरे। उनले एक बोर्डमा लेखे ‘पाँच पाउण्डको नोट म एक पाउण्डमा दिन्छु’ र उनि आफ्नो पिठ्यूमा टासेर लण्डनको सडकमा घुमिरहे । तर कोहि पनि एक पाउण्डको सट्टा पाँच पाउण्ड लिन आएनन् । मानिसहरुले भने,’अरे यो त कुनै पागल हुनुपर्छ : कसैले भने अरे, यो नक्कली नोट दिन्छ, असली नोट कसले दिन्छ । भन्नुको मतलब उसको कुरामा कसैले विश्वास गरेनन् ।

यस्तै हामी पनि सत्यलाई स्वीकार गर्न हिचकिचाउछौ, हामीलाई विश्वास नै हुदैन कि हामी भित्र जो ईश्वरीय शक्ति छ, हामीलाई त्यो ज्ञान मिल्न सक्छ, त्यसको साक्षात अनुभव प्राप्त गर्न सकिन्छ । किनकि आज हामी सत्यलाई स्वीकार गर्नको लागि अकमकाउछौ । तर हाम्रो ऋषि-मुनिहरुले हाम्रा पूर्वजहरुले यस्तो गरेनन् । उनिहरुले त्यस परमपिता परमात्माको खोज गरे र आफ्नो जीवनमा त्यस चिजलाई जाने कि वास्तव मा ‘सत्य’ के हो (what is truth)?

Leave a Reply

Your email address will not be published. Required fields are marked *