दोलखा : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संघीयताको अभ्यास कहिले चुलो, कहिले ओछ्यान नमिलेजस्तो भएको बताएका छन्।
मंगलबार चरिकोटमा आयोजित रेडियो शैलुङको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्। कार्यक्रममा उपस्थित रहेका नेकपाबाट जनप्रतिनिधिमा विजय भएकालाई निर्देशन दिँदै बाँस्कोटाले यस्तो बताएका हुन्।
‘तीन वटा सरकार मान्न गाह्रो पर्नेलाई संघीयताको अभ्यास नयाँ घर सरेजस्तै कहिले चुलो नमिलेजस्तो, कहिले ओछ्यान नमिलेजस्तो भएको छ’, उनले भने, ‘यो नयाँ राजनीतिक प्रयास हो। अलिकति गाह्रो हुन्छ, सकस हुन्छ। प्रयोग बढ्दै जाँदा सजिलो हुन्छ।’
मन्त्री बाँस्कोटाले मंगलबार नै राष्ट्रिय गौरबको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षणसमेत गरेका छन्।