मनोरंजन

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र…

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

करण जोहरको फिल्म स्टुडेन्ट अफ द इयरबाट बलिउडमा डेब्यु गरेकी आलिया भट्टले पनि आफ्नो वजन घटाएकी छन् । उनले नियमित ब्यायम गर्छन् । त्यसपछि १० मिनेट दौडन्छन् । त्यस्तै सातामा तीन पटक कार्डियो गर्छन् ।

उनलाई कथक र ब्याले डान्स मन पर्छ । सोही कारण यसलाई पनि उनी आफ्नो फिटनेस रुटिनमा राखेकी छन् । यसबाहेक आलियाले किक बक्सिङ, स्विमिङ योग पनि गर्छन् । कम कार्बोहाइड्रेट र धेरै प्रोटिन भएको खाने कुरा खान्छन् ।

विहानको खाजामा स्याण्डविचसँग अमलेट वा अण्डाको सेतो भाग खान्छन् । त्यसको दुई घण्टापछि चिनीबिनाको कालो चिया खान्छन् । दिनको खानामा उनले उसिनेको तरकारी र दहीसँग रोटी खान्छन् । रातिको खानामा उनले रोस्टेड चिकेन, माछा, दाल र भात खान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *