मनोरंजन

वैवाहिक जीवनमा ठक्कर खाएका कलाकारहरु

एजेन्सी । आधुनिक समाजमा अब विहेको परिभाषा नै परिवर्तन हुन थालेको छ । समाजमा रहिआएको चलन र परम्परा तोडिने क्रम विस्तारै बढ्दै गइरहेको छ ।

विवाह भइसकेपछि मृत्युसम्म नै त्यहि सम्बन्धलाई अंगालेर अघि बढ्नुपर्ने धारणामा परिवर्तन आइसकेको छ । वैवाहिक सम्बन्धमा बेमेल पैदा हुनेवित्तिकै सम्बन्धविच्छेद गर्नेहरुको लर्को लागिसकेको छ समाजमा ।

अझ चलचित्र क्षेत्रमा लागेका मानिसहरुको वैवाहिक जीवन निकै कम समय चल्ने गरेको छ । बिहे भएको केहि वर्षभित्रै सम्बन्धविच्छेद गर्ने कलाकार निकै भेटिन्छन् । भने सम्बन्धविच्छेद पश्चातपनि घरजम गरेका सयौँ उदाहरण भेटिन्छन् बलिउडमा ।

तर त्यही बलिउडमा केहि यस्ता चर्चित अभिनेत्री छन् जसले सम्बन्धविच्छेद भएर पनि एक्लो जीवन विताइरहेका छन् ।

१. जेनिफर विगेंट

टेलिभिजन दुनियाँकी चर्चित र निकै सुन्दरी अभिनेत्री हुन् जेनिफर । उनको बिहे करण ग्रोवरसँग भएको थियो । तर यी दुईको वैवाहिक सम्बन्ध लामो समयसम्म टिक्न सकेन । तर करणले बलिउडकै अभिनेत्री बिपाशा बासुसँग विहे गरे भने जेनिफर अझै पनि अविवाहित नै छिन् ।

२. रीना दत्त

बलिउडका सुपरस्टार आमिर खानले बालसखा रीना दत्तसँग बिहे गरेका थिए । उनीहरुको वैवाहिक जीवन १६ वर्षसम्म चल्यो । तर अन्त्यमा मनमुटावका कारण सम्बन्धविच्छेद भयो । पछि आमिर खानले किरण रावसँग विहे गरे तर रीनाले अहिलेसम्म विहे नगरी बसिरहेकी छिन् ।

३. पूजा बेदी

पूजा र फरहान फर्नीचरवाला एक अर्कासँग गहिरो प्रेमममा थिए । र १९९४ मा बिहे गरे । यो जोडीलाई निकै उदाहरणीय जोडीको रुपमा लिइन्थ्यो तर सम्बन्धविच्छेद भयो । फरहानले बिहे गरे तर पूजा अहिलेसम्म पनि बिहे नगरी बसिरहेकी छिन् ।

४. करिश्मा कपूर

बलिउडमा निकै चर्चामा रहेकी अभिनेत्री करिश्मा कपूरको वैवाहिक जीवन भने राम्रो रहेन । निकै धुमधामसँग बिहे गरेकी उनको सम्बन्धविच्छेद भयो । दुई बच्चाकी आमा करिश्मा अझै पनि निकै सुन्दर देखिन्छिन् तर उनका पति सञ्जय कपूरले आफ्नी प्रेमिका प्रिया सचदेवसँग विहे गरे तर करिश्मा एक्लै छिन् ।

५. अमृता सिंह

आफूभन्दा बढी उमेरकी अमृताको प्रेममा पागल भएका सैफ अली खानले उनीसँग बिहे गरे । तर केहि समयपछि यी दुईको सम्बन्ध टुट्यो । सैफले अभिनेत्री करिना कपूरसँग बिहे गरे भने अमृता एक्लै छोराछोरीको स्याहारमा व्यस्थ छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *