सूचना प्रविधि

भारतमै बन्न थाल्यो आइफोन, कति पर्छ मूल्य ?

काठमाडौं : एप्पलले भारतमा एसेम्बल भएको विश्व प्रख्यात आइफोन एक्सआर बिक्री सुरु गरेको छ । विश्वको दोस्रो ठूलो स्मार्टफोन बजारमा एप्पलले आफ्नो हिस्सा विस्तार गरेको हो । भारतको प्रख्यात ‘फक्सकन इन्डिया’ ले यी फोनहरुलाई एसेम्बल गरेको छ । यसले गर्दा क्यालिफोरनियाबाट पूर्ण निर्माण भई आउने फोनमा लाग्ने उच्च करबाट भारतले छुट्कारा पाउने छ । जसबाट आइफोनको मूल्य घट्ने भएपनि भारतको सस्तो स्मार्टफोन बजारसँग भने अझै संघर्ष गर्नुपर्ने देखिएको छ ।

सोमबार भारतीय बजारमा आइफोन एक्सआर “एसेम्बल्ड एन इन्डिया” ट्यागमा स्मार्टफोन पसलहरुमा बिक्री भएको पाइएको छ । भारतमा निमार्ण भएको आइफोन एक्सआर ६४ जीबी फोनको मूल्य ४९ हजार ९०० भारतीय रुपैयाँ रहेको छ । ठूलो अर्थतन्त्र भएको देश भारतलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्मार्टफोनको हब बनाउन लागिपरेका छन् । एप्पल जस्ता कम्पनीहरूले संयुक्त राज्य अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धको प्रभाव कम गर्न भारतलाई निर्यात हबको रूपमा प्रयोग गर्न खोजिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *