राजनिति

ओली सरकारको ध्यान सुरुङमार्गमा, १० वटाको प्रक्रिया सुरु

काठमाण्डौ । सरकारले नागढुङा–सिस्नेखोला सुरुङ मार्गको सिलन्यास गरेसँगै अन्य १० वटा सुरुङ मार्गको अध्ययन थालेको छ । जसमध्ये पाल्पा–बुटवल सडक खण्ड अन्तर्गत सिद्वबाबा खण्डको डिपिआर तयार भएको छ भने थानकोट चित्लाङ सुरुङ मार्गको डिपिआर निर्माण तयार गर्न सुरु गरिएको छ ।

त्यस्तै अन्य ५ वटा सुरुङ मार्गको प्री फिजिबिलिटी आंशिक रुपमा सकिएको छ । त्यस्तै टोखा–छहरे सुरुङमार्ग निर्माण सम्बन्धी चिन सरकारसँग एमओयुमा हस्ताक्षर भएको छ । यस्तै २ वटा सुरुङमार्ग सरकारको योजना तथा कार्यक्रममा समावेश गरिएपनी थप अध्ययन भने अगाडि नबढेको सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री केपी ओली
कहाँ कहाँ बन्दै छन सुरुङमार्ग ?

बुटवल–पाल्पा सुरुङमार्ग
स्थान– सिद्वबाबा खण्ड
दुरी– १.३ किलोमिटर
अवस्था– डिपिआरको काम लगभग सकिएको छ । त्यस्तै वातावरण प्रभाव मुल्याङ्कन पनि सकिएको छ । यसै बर्ष उक्त आयोजनालाई ठेक्का प्रकृयामा लैजाने सरकारको तयारी छ ।

थानकोट–चित्लाङ सुरुङमार्ग
स्थान– थानकोटदेखी चित्लाङसम्म
दुरी– यकिन भएको छैन ।
अवस्था– डिपिआरको तयारी गरिएको छ । वातावरण प्रभाव मुल्याङ्कन भएको छैन ।

टोखा–खहरे सुरुङमार्ग
स्थान– गणेशखोला देखी घ्याम्पे खोला
दुरी– न्युनतम ३.५५ किमी देखी अधिकतम ५.२० किमी
अवस्था– प्री फिजिबिलिटी अध्ययन सकिएको छ । यो आयोजना निर्माण गर्नको लागि चीनसँग एमओयुमा सम्झौता भएको छ ।

खुर्कोट–सिन्धुली सुरुङमार्ग
स्थान– खुर्कोट देखी सिन्धुली
दुरी– न्युनतम ४.९० किमी देखी अधिकतम ६.४५ किमी
अवस्था– आंशिक रुपमा प्री फिजिबिलिटी सकिएको छ । डिपिआरको लागि तयारी गरिएको छ ।

लामाबगर सुरुङमार्ग
स्थान– लामाबगरदेखी लाप्चे खोला
दुरी– न्युनतम १.१५ किमी देखी अधिकतम ३.५९ किमी
अवस्था– आंशिक रुपमा प्री फिजिबिलिटी सकिएको छ । डिपिआरको लागि तयारी गरिएको छ ।

दाउन्ने सुरुङ मार्ग
स्थान– दुम्किबासदेखि बर्दघाट
दुरी– न्युनतम ४.९ किमी देखी अधिकतम ६.१० किमी
अवस्था– आंशिक रुपमा प्री फिजिबिलिटी सकिएको छ । डिपिआरको लागि तयारी गरिएको छ ।

हेम्जा नयाँपुल सुरुङमार्ग
स्थान– घट्टेखोला देखी नयापुल
दुरी– न्युनतम ७.०५ किमी देखी अधिकतम ८.३८ किमी
अवस्था– आंशिक रुपमा प्री फिजिबिलिटी सकिएको छ । डिपिआरको लागि तयारी गरिएको छ ।

कुलेखानी–भिमफेदी सुरुङमार्ग
स्थान– कुलेखानि देखी भिमफेदी
दुरी– ३.१६ किमी
अवस्था– आंशिक रुपमा प्री फिजिबिलिटी सकिएको छ । डिपिआरको लागि तयारी गरिएको छ ।

खुटिया–दिपायल सुरुङमार्ग
स्थान– खुटिया देखी दिपायल
दुरी– एकिन छैन
अवस्था– प्री फिजिबिलिटी अध्ययनको लागि तयारी गरिएको छ ।

गोदावारी–कुण्डु सुरुङमार्ग
स्थान– गोदावरि देखी काभ्रे
दुरी– एकिन छैन
अवस्था– प्री फिजिबिलिटी अध्ययनको लागि तयारी गरिएको छ ।

सरकारले बनाउने भनेको १० वटा सुरुङमार्ग बनाउदा प्रतीकिमी २ अर्ब देखी ४ अर्ब निर्माण खर्च लाग्नेछ । अन्य खर्च पनि करिब त्यही अनुपातमा हुने सडक विभागको आकलन छ । लागतका आधरमा यसबाट पाइने लाभ सयौं गुणा बढि भएको र यी काम चाडै थालिने विभागका उपमहानिर्देशक थापाले जानकारी दिए ।

सरकारले करिब एक दशकभित्र यी सुरुङ मार्गको निर्माण सक्ने बताएको छ । सुरुङमार्ग नेपालको लागि अत्यावश्यक जस्तै भएको पुर्वाधार विज्ञहरु बताउँछन । यद्यपी यसको लागत अत्यन्तै ठुलो र प्राविधिक रुपमा कठिन भएकाले नेपाल जस्तो देशमा यसको निर्माण चुनौतिपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *