मनोरंजन

“वार” ले बनायो यती धेरै रेकर्ड

२ अक्टोबरमा रिलिज भएको फिल्म “वार” ले बक्सअफिसमा तहल्का मच्चाएको छ । बलिउडका दुई एक्सन सुपरस्टार ऋतिक रोशन र टाइगर श्राफ अभिनीत यो फिल्मले प्रदर्शनको तीन हप्तामा तीन सय करोडको कलेक्सन गरेको छ । यो फिल्मले प्रदर्शनको तीन दिनमा सय करोड कमाएर बलिउडमा नयाँ रेकर्ड बनाएको हो ।

यो फिल्मले २०१९ को सबैभन्दा चाँडो तीन सय करोड कमाउने फिल्म, तीन सय करोड क्लबमा इन्ट्री हुने टाइगरको पहिलो फिल्म, ऋतिक–टाइगर–यशराज फिल्मस्को हाइएस्ट ओपनर, हाइएस्ट ओपनर हिन्दी फिल्म, टाइगर–ऋतिकको करिअरको हाइएस्ट ओपनर र २०१९ मा ओपनिङ डेमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ ।

ऋतिक र टाइगरको पहिलो सहकार्य रहेको “वार” यो वर्षको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म भएको छ । ‘कबीर सिंह’ को २ सय ७८ करोडको कलेक्सनलाई उछिन्दै ‘वार’ भारतको सबैभन्दा धेरै कमाउने फिल्ममा सामेल भएको थियो ।

“वार” ले प्रदर्शनको पहिलो दिन ५३ करोड ३५ लाखको व्यापार गरेर आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को सबैभन्दा ठूलो ओपनिङको रिकर्ड तोडेको हो । त्यसपछि यो फिल्मले एक हप्तामा २ सय करोड कमाएर सलमान खानको ‘भारत’ को रेकर्ड समेत ब्रेक गर्यो । File Photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *