प्रमुख समाचार

प्रचण्डका घरबेटीका कारण ललितपुरका जनता अस्पताल धाउँदै, कम्युनिष्ट सांसद चुपचाप

ललितपुर–सातदोबाटो सुनाकोठि ठेचो चापागाउँ हुँदै हेटौंडा जाने बाटो धुलाम्य बनेको छ । बाटोको धुलोका कारण स्थानीयबासी बिरामी हुन थालेका छन् कान्तिलोकपथ बाटो टेन्डर भएको ५ बर्ष बितिसकेको छ। तर अहिले सम्म कालोपत्र हुन सकेको छैन । स्थानियले पटक–पटक आन्दोलन गरि धेरै पटक बाटो बन्दपनि गरिसकेका छन् । त्यति मात्र नभई कहिले कहिले जिल्ला प्रशासन घेर्ने कहिले सडक बिभाग घेर्ने गरेका छन् ।

स्थानिय व्यक्तिहरुको दबाबका कारण जिल्ला प्रशासनको र सडक बिभागको रोभरमा ठेकेदारले कार्तिक मसान्तसम्म उक्त बाटो कालोपत्र गर्ने लिखित सहमति गरेका थिए। उक्त बाटो प्रचण्डका घरपेती शारदा प्रशाद अधिकारी र भगिरथ तिमल्सिना ठेक्का पाएका थिए। कार्तिक मसान्तसम्म बाटो कालोपत्र गर्ने भनी सहमति गरेता पनि अहिले सम्म ठेकेदार सम्पर्कमा नआएको स्थानिय बताउछन्। यी दुई ठेकेदार नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य हुन।

कम्युनिस्ट भएकै कारण उक्त क्षेत्रका जनप्रतिनिधिहरु चुप लागेर बसेका छन। ललितपुर क्षेत्र नम्बर १ र ३ उक्त बाटो पर्छ। ललितपुर क्षेत्र नम्बर कि सांसद पम्फा भुसाल र प्रदेश सांसद राजकाजी महर्जन र क्षेत्र नम्बर १ सांसद नबराज सिल्वाल र प्रदेश सांसद चेतनाथ संजेल हुन। सर्वोच्च अदालतले घरको मुआब्जा दिनु भनेर अन्तरिम आदेश जारी गरेको छ। त्यसै कारण हाललाई यथा स्थितिमा बाटो कालोपत्र गर्ने सहमति भएको हो।

तर ठेकदार प्रचण्ड घरबेटी भएकै कारण प्रतिनिधि सांसद पम्फा भुसाल नबराज सिलवाल प्रदेश सांसद राजकाजी महर्जन र चेतनाथ सन्जेल मौन बसेका हुन् । चापागाउँका राज कुमार महर्जन भन्छन्, ‘अहिले यस्ता विकास बिरोधी सांसदलाई भोट दिएर हामी पछुताएका छौं ।’ अर्को चुनावमा यस्ता सांसदलाई स्थानियले बहिस्कार गर्ने बताएका छन् । त्यस्तै ठेचोकि लक्ष्मी महर्जन भन्छिन्, ‘हामीले जसरी बिश्वास गरेर भोट हालेका थियौं । तर उल्टो भयो, यिनीहरु विकास गर्ने खालका होइन रहेछन् ।’

केही महिना अगाडि ललितपुर क्षेत्र नम्बर १ सांसद नबराज सिलवाल विरुद्ध स्थानियवासिहरुले ललितपुर सडक डिभिजन कार्यालय भित्र नाराबाजी गरेका थिए । प्रदेश सांसद चेतनाथ संजेल सडक डिभिजन कार्यालय गेट अगाडि बाटै भागेका थिए।

स्थानीय महिला रिजना तुलाधर भन्छिन्, ‘हामी अब कार्तिक मसान्तसम्म कुर्छौ, त्यति बेला सम्म पनि बाटो पिच भएन भने आन्दोलन गर्न बाध्य हुने छौं ।’ चापागाउँ ठेचो सुनाकोठीका विद्यार्थीहरु बृद्धबुद्धाहरु धुलोका कारण छातीमा समस्या कारण हस्पिटल धाउन बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *