विविध

दिनहुँ राम्रो कुराहरु सुनेर मात्र जीवनमा परिवर्तन आउँदैन, त्यस विचारलाई अपनाउनुपर्छ, तब शान्ति मिल्नेछ

एजेन्सी । गौतम बुद्धको जीवनका यस्ता कैयौं प्रसंगहरु रहेका छन्, जसमा सुखी जीवनको सुत्रहरु लुकेका छन् । यी सुत्रहरुलाई दैनिक जीवनमा अपनाउने गरेमा हाम्रा थुप्रै समस्याहरुको समाधान हुन सक्छ । यसैसँग सम्बन्धित भएर एक प्रसंग रहेको छ जसमा प्रवचन सन्नु र प्रवचनको महत्व बताइएको छ ।

चर्चीत प्रसंगका अनुसार एक व्यक्ति गौतम बुद्धको प्रवचन सुन्न सँधै आउने गर्थे र बुद्धको सबै प्रवचन सुन्ने गर्दथे । बुद्ध आफ्नो प्रवचनमा लोभ, मोह, इष्र्या र अहंकार छाडेर जीवनमा सुख–शान्ति बनाइराख्न भन्थे ।

एकदिन ती व्यक्तिले गौतम बुद्धसँग भने, ‘गुरुजी म सँथै तपाइको प्रवचन सुनिरहेको छु तर क्षमा गर्नुहोला त्यस प्रवचनबाट मैले कुनैपनि लाभ प्राप्त गर्न सकिन । तपाईले भनेका सबै कुरा साँचो छन्, तर ममा यसको कुनै असर परेको छैन ।’

बुद्धले उसको सबै कुरा सुने र ती व्यक्तिसँग सोधे की ‘तिमी कहाँ बस्छौ ?’ उसले जवाफ दिए, ‘श्रावस्ती मा बस्छु ।’ बुद्धले सोधे, ‘यो ठाउँ यहाँबाट कति टाढा रहेको छ ?’ ती व्यक्तिले ठाउँको दुरी बताए । त्यसपछि बुद्धले फेरी सोधे, ‘तिमी त्यहाँ कसरी जान्छौ ?’

व्यक्तिले बताए की कहिले घोडामा जान्छु त कहिले गाडाबाट जाने गर्छु । बुद्धले फेरी सोधे, ‘तिमीलाई त्यहाँ पुग्न कति समय लाग्छ ?’ व्यक्तिले पुग्ने समय पनि बताए । त्यसपछि बुद्धले अन्तिम प्रश्न सोधे की ‘तिमी यहाँ बसी–बसी श्रावस्ती पुग्न सक्छौ त ?’ यस प्रश्नको जवाफमा व्यक्तिले भने की गुरुजी यस्तो कसरी सम्भव रहेको छ ? यसको लागि त हिँड्नुपर्छ तब म पुग्नसक्छु ।

बुद्ध बताउँछन्, ‘हामी हिँडेर हाम्रो लक्ष्यसम्म पुग्न सक्छौँ । ठीक यसैगरि जबसम्म हामी राम्रा कुराहरु अर्थात असल आचरणलाई पालना गर्दैनौँ, त्यस बाटोमा हिँड्दैनौँ तबसम्म हामीमा यस प्रवचनको कुनै महत्व हुँदैन । राम्रो कुरा सुनेर मात्र हाम्रो जीवनमा परिवर्तन आउँदैन । हामीलाई प्रवचनको महत्व बुझ्नुपर्ने हुन्छ र आफ्नो जीवनमा यसलाई अपनाउनुपर्छ ।

व्यक्तिले बुद्धको अर्ति उपदेशको सारांश बुझे र त्यस दिनपछि उनी बुद्धले बताएको मार्गमा हिँड्न शुरु गरे । बुद्धको प्रवचनबाट नै व्यक्तिको सोँच बदलियो र उसको मानमा शान्ति छायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *