मनोरंजन

बलिउड अभिनेत्री माही गिलले भनिन्– सम्बन्धमा छु, छोरी पनि छ

एजेन्सी– बोल्ड अवतारमा देखिने भएकाले बलिउड अभिनेत्री माही गिलले छोटो समयमा नै धेरैको मन जितिन् । अब अहिले उनी फेरि यस्तै ‘कडा अभिव्यक्ति’का कारण चर्चामा आएकी छिन् । उनले एउटा अन्तर्वार्तामा आफ्नैबारे नयाँ खुलासा गरेकी हुन् । उनले अन्तर्वार्तामा जे भनेकी छिन्, त्यसले उनकै प्रशंसकहरु पनि ठूलो आश्चर्यमा परेका छन् ।

खासमा अन्तर्वार्तामा माहीले आफू ‘लिभ इन रिलेसन’मा रहेको र आफ्नी छोरी साढे २ वर्षभन्दा बढी भइसकेको खुलासा गरेकी हुन् ।

भारतीय पत्रिका द डेक्कन क्रोनिकललाई दिएको अन्तर्वार्तामा माहीले यस्तो खुलासा गरेकी हुन् ।

‘म विवाहित होइन तर मेरो ब्वायफ्रेन्ड छन्,’ उनले त्यो अन्तर्वार्तामा भनेकी छिन्, ‘हामी दुई छिट्टै विवाह पनि गर्दैछौँ ।’ उनले त्यही अन्तर्वार्तामा आफ्नी छोरी भएको, उनको नाम भेरोनिका राखेको र उनी साढे दुई वर्षभन्दा बढी भइसकेको पनि बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *