मनोरंजन

विहेका लागि प्रभाषसँग ६,००० प्रपोजल्स !

बाहुबलीफेम अभिनेता प्रभाषको पपुलारिटी विश्वमै फैलिसकेको छ । साउथ फिल्म उद्योगमा सुपरस्टार भइसकेका प्रभाष, बाहुबली सिरिजपछि विश्वभर उनको फ्यान फलोइङ्ग ह्वात्तै फैलिएका छन् । बाहुबली सिरिजका लागि अभिनेता प्रभाषले कुनै पनि कसर बाँकी राखेनन् । फिल्ममा उनले कस्ट्युमदेखि स्टन्टसम्म स–साना कुरामा पनि ध्यान दिएका थिए ।

बाहुबली सिरिजको दुवै फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ । आज अभिनेता प्रभाषको जन्मदिन हो । जसको अवसरमा हामीले प्रभाषको बारेमा केही रोचक कुराहरु प्रस्तुत गर्दैछौं ।

– प्रभाषको जन्म २३ अक्टोवर, १९७९ मा मद्रासमा भएको थियो । उनले सन् २००२ मा तेलेगु फिल्म ‘इश्वर’बाट आफ्नो करियर सुरु गरेका थिए । त्यस्तै २०१४ मा फिल्म एक्शन ज्याक्सनमा उनले बलिउडमा इन्ट्री गरे । सो फिल्ममा उनको स्पेशल अपियरेन्स थियो ।

– सन् २०१५ मा बाहुबली फिल्ममा उनले काम गरे । सो फिल्म विश्वभरको सिनेमा घरमा रिलिज गरिएको थियो । त्यसपछि अभिनेता प्रभाषको चर्चा झनै चुलियो । २०१७ मा यसै फिल्मको दोस्रो पार्ट आयो । प्रभाषको यी दुवै फिल्म सुपरहिट भयो ।

– फिल्मको लागि प्रभाषले आफ्नो करियरको साथ ठूलो सम्झौता गरे । यी दुई प्रोजेक्टका लागि अभिनेता प्रभाषले पूरै पाँच वर्ष खर्चिए । जसको कारण उनले १० करोडको विज्ञापनको अफरलाई समेत माया मारेका थिए । साथै कयौं बलिउडका अफरलाई पनि अस्विकार गरे ।

– फिल्मको लागि प्रभाषले ठूलो ट्रान्सफरमेशन गरेका थिए । प्रभाषले बाहुबली फिल्मको लागि २२ किलो वजन बढाएका थिए । बाहीबलीको दोस्रो पार्टमा आइपुग्दा प्रभाषको वजन १०५ केजी पुगेको थियो ।

– वास्तविक जीवनमा प्रभाष लजालु स्वभावका छन् । प्रभाषलाई चाहने युवतीको लाइन नै छ । एक रिपोर्टका अनुसार प्रभाषसँग विहेको लागि ६००० प्रपोजल्स आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *