मनोरंजन

स्वस्तिमालाई खतरा !

काठमाडौं । ‘बुलबुल’मा गरेको अभिनयले स्वस्तिमा खड्कालाई रातारात चर्चीत बनायो । सानातिना भूमिकामा अल्झिरहेकी उनको करिअरमा यो फिल्म टर्निङ प्वाइन्ट बन्यो ।

अहिले धेरैले उनलाई नम्बर वान अभिनेत्रीको दाबेदार मान्छन् । तर, स्वस्तिमाले यो उचाई हासिल गर्न सफल फिल्मको सङ्ख्या निरन्तर थप्नुपर्ने हुन्छ । तत्कालका लागि खतरा के छ भने स्वस्तिमालाई यो सङ्ख्या पाउन सजिलो छैन ।

‘बुलबुल’ पछि रिलिज भएको ‘हजार जुनीसम्म’ले बक्स अफिसमा घुँडा टेकेपछि उनको स्पीडमा राम्रै ब्रेक लागेको छ । यसैबीच स्वस्तिमाको नयाँ फिल्म ‘घामड शेरे’ रिलिजको सँघारमा छ तर यसका पनि लक्षण ठीक छैनन् ।

एक फिल्मको ट्रेलर नै १० दिनअघि मात्र रिलिज भएको छ, त्यसमाथि सुस्त प्रचारप्रसार । अझ त्यसमाथि त्यो फिल्मको विषयवस्तु पनि पूर्ण व्यावसायिक देखिएको छैन ।

यस्तोमा कथंकाल यो फिल्मले पनि ‘हजार जुनीसम्म’कै बाटो समात्यो भने स्वस्तिमालाई राम्रै झट्का लाग्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *