मनोरंजन

चुस्त–तन्दुरुस्त अभिनेत्री दिशा पटानी

बलिउडकी फिट अभिनेत्रीमा पर्छिन्, दिशा पटानी । उनले आफ्नो शरीर गठिलो देखिने गरी फोटो बेला–बेलामा इन्स्टाग्राममा राख्ने गरेकी छन् । दिशाले आफूलाई तन्दुरुस्त बनाउन हरेक विहान कार्डियोसँगै डान्स, किक बक्सिङ आदि गर्ने गर्छिन् ।

दिशाले बेलुकी पनि एक्सरसाइज गर्ने गर्छिन् । विहान अभ्यास गर्नु अघि उनले केही खादिनन् । तर, व्यायाम गरेपछि कुखुराको मासु, अण्डा वा पनिर खाने गर्छिन् । पछिल्लो समय उनी अभिनेता टाइगर श्रफसँगको प्रेममा रहेकी चर्चा आइरहेको छ ।

यो पनि पढ्नुहोस :साराको ‘लेडी इन लंका’ लुक भाइरल कुली नम्बर १ को सुटिङबाट समय निकालेर अभिनेत्री सारा अली खान आफ्नो साथीहरुसँग छुट्टी मनाउन श्रीलंका पुगेकी छन् । छुट्टी मनाउन श्रीलंका पुगेकी साराले सोसल मिडियामा केही तस्वीर र भिडियोहरु सेयर गरिरहेकी छन् । उनले सेयर गरेकी तस्वीरमा साराले रमाइलो गरिरहेकी छन् ।

तस्वीरमा सारा श्रीलंकाको सुन्दरतामा रमाइरहेकी छन् । साराले मुद्रको किनारमा मज्जा लिइरहेकी, नरिवल पानी पिइरहेकी लगाएतका तस्वीर सोसल मिडियामा सेयर गरेकी छन्, जुन अहिले सोसल मिडियामा भाइरल बनिहरेका छन् ।

तस्वीरसँगै साराले क्याप्शनमा लेखेकी छन्– ‘लेडी इन लंका ।’ फ्यानहरुले साराको उक्त तस्वीरलाई खुब लाइक र कमेन्ट गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *