मनोरंजन

योजनाविनै गर्भवती भएपछि यी नायिकाले गरिन् इन्गेजमेन्ट

गत मार्चमा आफु गर्भवती भएको खबर सार्वजनिक गरेकी ब्रिटिस नायिका एमी ज्याक्सनले प्रेमी जर्ज पेनेइटोउसँग इन्गेजमेन्ट गरेकी छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।एमीले इन्स्टाग्राममा इन्गेजमेन्टको फोटो र भिडियो राख्दै जर्जसँग लामो सम्बन्ध कायम राख्नका लागि इन्गेजमेन्ट गरेको उल्लेख गरेकी छन्।

एमीले गत मार्च ३१ मा आफू गर्भवती भएको सार्वजनिक गरेकी थिइन्। ‘अहिले आमा र बाबु बन्न लागेको अनुभव भइरहेको छ,’ उनले लेखेकी थिइन्।तर, एमीले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भने योजनाविनै आफू गर्भवती हुनु परेको बताएकी छन्।

हिन्दी सिनेमामा रमाउँदै- शर्लिन
हिन्दी सिनेमाकी चर्चित नायिका तथा गायिका हुन्-शर्लिन चोपडा । उनी पछिल्लो समय बलिउडमा निकै लोकप्रिय अँगालेकी नायिका हुन् । उनी २०१२ मा ‘प्लेबॉय मैगजीन’ को लागि न्यूड फोटोशूट बाट उनले आफ्नो करियर सुरु गरेकी थिइन् । उनको चर्चा परिचर्चा बिश्वभर चुलिएको छ । उनले थुप्रै फिल्म खेली सकेकी छिन् ।

उनले आफ्नो सुन्दरता र अभिनयमा करोडौँ युवाहरूलाई लठ्ठ बनाएकी छिन् । उनी बेलाबेला विविध कारण चर्चामा आइरहेकी हुन्छिन् । कहिले उनी सुन्दरता त कहिले उनले पहिरेको गेट अपको कारण भाइरल भइरहेकी हुन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *