नेपालमा भारतीय टेलिभिजनको ठूलो प्रभाव छ र भारतीय सिरियलका फ्यान नेपालमा ठूलो संख्यामा छन् । बलिउड सुपरस्टार शाहरुख खानले समेत आफ्नो करिअरको सुरुवात सानो पर्दाबाट गरेका हुन् । भारतीय सिरियलमा काम गर्ने केही अभिनेत्रीहरु सिरियलमा त निकै सिधासादा र संस्कारी देखिन्छन् तर बाहिर उनीहरु निकै बोल्ड भइसकेका छन् ।
१. सोनारिका भदोरिया
लाइफ ओकेको सिरियल ‘तुम देना साथ मेरा’बाट डेब्यू गरेकी सोनारिका टिभीमा स।स्कारी रुपमै रहिन् । उनलाई सबैभन्दा धेरै पहिचान ‘देवों के देव महादेव’मा पार्वतीको भूमिकाले दिलायो । टिभीमा स।स्कारी देखिने सोनारिका रियल लाइफमा भने निकै बोल्ड छिन् । उनको इन्स्टाग्राममा बोल्ड फोटोहरु भरिएका छन् ।
२. हिना खान
टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’बाट डेब्यू गरेकी हिना खान लगभग ८ वर्ष यो शोको हिस्सा रहिन् । यो शोमा उनी निकै संस्कारी रुपमा देखिइन् । त्यसपछि बिगबोसमा उनको बोल्ड लुक देखियो । उनले कान्सको रेड कार्पेटमा समेत अवसर पाइन् । कान्समा अवसर पाउने उनी पहिलो टिभी अभिनेत्री हुन् । अहिले उनी निकै बोल्ड भइसकेकी छिन् ।
३. जेनिफर विंगेट
जेनिफरले बालकलाकारको रुपमा करिअर सुरु गरेकी हुन् । पटि उनी टिभीमा मुख्य भूमिकामा देखिन थालिन् । ‘कहानी घर घर की’बाट चर्चित भएकी जेनिफर यो शोमा निकै संस्कारी रुपमा देखिइन् । उनले २०१६ मा ‘सरस्वतीचन्द्र’बाट राम्रो पहिचान बनाइन् । यो सिरियलमा सोझी गुजराती युवतीको रुपमा देखिएकी उनी रियल लाइफमा भने निकै बोल्ड छिन् ।
४. मौनी रोयः
एकता कपूरको टिभी शो ‘क्योंकि सास भी कभी बहु थी’बाट डेब्यू गरेकी मौनीले ‘नागिन’बाट चर्चा कमाइन् । टिभी शोमा निकै संस्कारी देखिने मौनीले अक्षय कुमारसँग फिल्म गोल्डबाट डेब्यू गरिन् । बलिउडमा स्थान बनाउनको लागि उनी निकै बोल्ड हुँदै गइन् । अहिले उनके इन्स्टाग्राममा निकै बोल्ड तस्वीरहरु देख्न सकिन्छ ।
५.संजीदा शेखः
संजीदाले टिभी शो ‘क्या होगा निम्मों मा’बाट अभिनय डेब्यू गरेकी थिइन् । यो शोकी संजीदा र आजकी संजीदालाई चिन्न मुस्किल हुन्छ । उनी आफ्नो सुन्दरता र बोल्डनेसका कारण चर्चामा छिन् । इन्स्टाग्राममा उनका लाखौं फलोअर छन् ।
६. रुबिना दिलाइकः
रुबिनाले टिभी सिरियल ‘छोटी बहू’बाट डेब्यू गरेकी थिइन् । यो शोमा उनी डराइडराइ बस्ने बुहारीको रुपमा देखिइन् । उनी आज पनि सिरियलमा उस्तै छिन् तर रियल लाइफमा निकै बोल्ड छिन् । उनको यन्स्टाग्राममा थुप्रै बोल्ड फोटोहरु छन् ।