मनोरंजन

दुई फिल्म खेलेकी साराको कमाइ वर्षमा ५० करोड !

मुम्बई– जम्मा दुईवटा फिल्म खेलेकी बलिउड अभिनेत्री सारा अली खानले गएको वर्ष ३० करोड भारु (झन्डै ५० करोड नेपाली रुपैयाँ) कमाइन् । बलिउडमा डेब्यु वर्षमै ३० करोड कमाउने उनी पहिलो अभिनेत्री हुन् ।

गत वर्ष (सन् २०१८) साराका लगातार दुई फिल्म केदारनाथ र सिम्बा रिलिज भएका थिए । दुवै फिल्मबाट उनले निकै राम्रो प्रतिक्रिया पाइन् । यसैकारण, सुरुआती करिअरमै उनको राम्रो ‘ब्रान्ड भ्यालु’ बन्यो ।

अभिनेता सैफ अली खान र अभिनेत्री अम्रिता सिंहकी पुत्री सारासामु अहिले फिल्म अफरको चाङ छ, र थुप्रै ब्रान्ड डिल पनि छ । त्यसैले त उनलाई अहिले ‘इन–डिमान्ड न्यु एक्ट्रेस’ भन्न थालिएको छ ।आउँदो साल सारा ‘कुली नम्बर १’ र ‘लब आज कल’को सिक्वलमा देखिनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *