मनोरंजन

सलमानले निर्देशन दिए, सोनाक्षीले घटाइन् तौल

काठमाडौं– बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ३२ वर्षकी भएकी छिन् । २ जुन १९८७ मा मुम्बईमा जन्मिएकी सोनाक्षीले पहिले त अभिनयमा लाग्छु भन्ने सोचेकै थिइनन् । तर, सन् २०१० मा उनले सलमान खानको फिल्म दबंगबाट बलिउडमा इन्ट्री गरिन् । त्यति बेला उनको तौल ९० किलो थियो । सलमान खानले उनलाई तौल घटाउन निर्देशन दिएका थिए ।

उनले एक अन्तर्वार्तामा सलमान खानलाई धन्यवाद दिँदै भनेकी थिइन्– मैले सलमानकै कारणले आफ्नो तौल घटाएँ । फिल्ममा आउनकै लागि आफूले ३० किलोभन्दा धेरै तौल घटाएको उनले बताएकी थिइन् । उनले जिमसँग एलर्जी भए पनि आफूले सलमानले भनेकाले नै त्यसमा काम गरेको बताएकी थिइन्।

तर, सोनाक्षीले कहिल्यै पनि जिम गएपछि आफ्नो तौल नाप्न चाहिँ नापिनन् । तर, उनलाई आफू विस्तारै फिट हुँदै गएको चाहिँ आभास भयो । यसका लागि पनि उनले सलमानलाई नै धन्यवाद दिन्छिन् ।

सलमान–ऐश्वर्यालाई एकसाथ हेर्ने साहिदको चाहना
बलिउडमा कुनै समय नायक सलमान खान र नायिका ऐश्वर्या रायको जोडी निकै हिट थियो । उनीहरुको जोडीलाई धेरैले रुचाएका थिए । उनीहरु चलचित्रको पर्दामा मात्र होइन, पर्दा बाहिर पनि जोडी थिए । उनीहरु गहिरो प्रेममा थिए ।

तर, सन् २००२ मा रिलिज भएको चलचित्र ‘हम तुमारे हे सनम’ पछि सलमान र ऐश्वर्यालाई एकसाथ पर्दामा ल्याउन कुनै पनि मेकरले सकेका छैनन् । उनीहरुलाई पर्दामा एकसाथ हेर्न चाहने दर्शकको संख्या निकै छ । दर्शकले मात्र नभएर, बलिउडकर्मी पनि उनीहरुलाई एकसाथ पर्दामा हेर्न चाहन्छन् । सलमान र ऐश्वर्याको जोडीलाई एकसाथ हेर्न चाहने कलाकारमा पर्छन् साहिद कपुर ।

अन्तरवार्तामा साहिदलाई ‘पद्मावत’मा नयाँ कलाकार राख्नु परे कसलाई छान्नुहुन्छ भन्ने प्रश्न गरिएको थियो । यो प्रश्नमा साहिदले भने–‘मलाई सलमान र ऐश्वर्याको जोडी खुबै मन पर्छ । उनीहरुलाई पर्दामा एकसाथ देख्ने रहर छ । म उनीहरुलाई नै रोज्छु ।’

सलमान खान र ऐश्वर्याको नाम अहिले पनि मिडियामा चर्चामा रहन्छ । तर, यो जोडीले एकसाथ पर्दामा काम गर्ने संभावना भने अब छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *