खेलकुद

एमबाप्पेको ह्याट्रिकसँगै पीएसजीको जित

युवा स्ट्राईकर केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिग छनोटमा सानदार जित निकालेको छ ।

समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले बेल्जियन क्लब बर्गलाई उसकै मैदानमा ५–० गोलले हरायो । पीएसजीको फराकिलो जितमा एमबाप्पेले ह्याट्रिक गरे । मोउरो इकार्डीले दुई गोल गरेका थिए । खेलको सातौं मिनेटमा इकार्डीले एन्जल डी मारियाको पासमा गोलगर्दै पीएसजीलाई अगाडी बढाए ।

६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६३औं मिनेटमा इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरे। ७९औं मिनेटमा एमबाप्पेले डि मारियाको पासमा एमबाप्पेले व्यक्तिग दोस्रो तथ ८३औं मिनेटमा डि मारियाकै पासमा अर्को गोल थप्दै एमबाप्पेले ह्याट्रिक पूरा पूरा गरे ।

समूह ‘ए’ मा अपराजित रहेको पीएसजीले तीन खेलबाट नौ अंक बनाएको छ । दुई अंक बनाएको क्लब बर्ग तेस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा रियल म्याड्रिडले गालाटासारेलाई १–० गोलले हराएको छ । गालाटासारेको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा रियलका लागि टोनी क्रुजले १८औं मिनेटमा गोल गरे । क्रुजले इडेन हाजार्डको पासमा गोल गरेका थिए । जितसँगै चार खेल बनाएको रियलल दोस्रो स्थानमा छ । एक अंकमा सिमित गालाटासारे समूहको अन्तिममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *