काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका योजनाहरुको अनुगमन गरेका छन्। बुधबार प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाट आयोजनाको अनुगमन गरेका हुन्।
उनले आयोजनाका सम्बन्धित मन्त्रीहरुलाई सँगै राखेर आयोजनाको अवलोकन गरे। पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विधुत योजना, भेरी-बवई डाइभर्सन, रानीजमरा, सिक्टा सिंचाई र पुष्पकमल लोकमार्गलगायत राष्ट्रिय गौरवका योजनाको अनुगमन प्रधानमन्त्रीले गरेको प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।
प्रधानमन्त्री ओली सम्बन्धित मन्त्रीहरुलाई साथै राखेर यतिखेर सिंहदरबारस्थित एक्सन रुमबाट पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विधुत योजना, भेरी-बवई डाइभर्सन, रानीजमरा र सिक्टा सिंचाई, पुष्पकमल लोकमार्गलगायतका राष्ट्रिय गौरवका योजनाको अनुगमन गरिरहनु भएको छ।