अन्तरास्ट्रिय

आफूसँग अनुहार मिल्ने ८ जनालाई भाडामा लिएर महिला सांसदले काण्ड मच्चाइन्

ढाका। बंगलादेशकी महिला सांसद तमन्ना तुसरतमाथि परीक्षामा धोकाधडी गरेको आरोप लागेको छ । उनले विश्वविद्यालयको १३ वटा परीक्षा दिन आफूसँग अनुहार मिल्ने ८ जनालाई पठाएकी थिइन् । एक स्थानीय टिभी च्यानलले आफ्नो लाइभ शोमा ती महिलासँग परीक्षा हलमै कुराकानी गर्यो जसले तमन्नाको ठाउँमा परीक्षा दिइरहेकी थिइन् । विश्वविद्यालय तत्कालै कारवाही अगाडि बढाउँदै तमन्नालाई बर्खास्त गरिदिएको छ ।

नुसरतले बंगलादेश ओपन युनिभर्सिटीबाट ब्याचलर अफ आर्टस अर्थात बीए गर्दै छिन् । यका अलावा उनले केही व्यवसायिक कोर्स पनि गर्दैछिन् । देशको ‘नागोरिक टिभी’लाई सूत्रबाट थाहा भयो कि तमन्नाले आफ्नो ठाउँमा परीक्षा दिन आफूसँग अनुहार मिल्ने ८ महिलाहरुलाई भाडामा लिएकी छिन् । च्यानलले यसको भण्डारफोर गर्ने योजना बनायो । च्यानलको टिम त्यो परीक्षा हलमा पुग्यो जहाँ तमन्नासँग अनुहार मिल्ने महिला उनको स्थानमा परीक्षा दिइरहेकी थिइन् । त्यहीँ उनीसँग प्रश्नोत्तर गर्दा वास्तविकता खुल्यो ।

नुसरत सत्तारुढ अवामी लिग पार्टीकी सांसद हुन् । उनी पहिलो पटक सांसद निर्वाचित भएकी हुन् । सांसद नुसरत निकै प्रतिष्ठित र पहुँचवाला परिवारकी हुन् । एक मिडिया रिपोर्टका अनुसार विश्वविद्यालयका कैयौं जिम्मेवार अधिकारीलाई थाहा थियो कि परीक्षा हलमा तमन्ना होइन उनीसँग अनुहार मिल्ने अर्कै महिला छिन् ।

वास्तविकता जानेर पनि उनीहरु चुप रहे । परीक्षा हलबाहिर उनका बाउन्सरहरु तैनाथ रहन्थे । जानकारीका अनुसार तमन्नाले १३ परीक्षा दिइन् जसमा अनुहार मिल्ने ८ युवतीको प्रयोग गरिएको थियो । प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले उनीमाथि कारवाही हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *