मनोरंजन

‘अनलक्की’ मिरुनाको ‘लक्की’ करियर

नायिका मिरुना मगरलाई नेपाली चलचित्रकी एक ‘अनलक्की’ नायिका मानिन्छ । ‘लालपुर्जा’बाट नेपाली रजतपटमा डेब्यु गरेकी उनका ‘रोज’ र ‘साईनो’ रिलिज भईसकेका छन भने ‘च च हुइँ’ प्रदर्शनको पर्खाईंमा छ । उनका रिलिज भईसकेका तिनै चलचित्रले उनलाई हिटको ट्याग दिन सकेन बरु उनको फ्लपको सङ्ख्या मात्रै बढायो । तर, पनि उनमा पक्कै केही गुनासो छैन होला र कामको कमी पनि त छैन । चलचित्र लगातार असफल भएपनी उनलाई आफ्नो चलचित्रमा काम गराउने चाहना स्थापित निर्माता निर्देशकमा पनि भएको देखिन्छ ।

कबड्डी सिरिजका लेखक उपेन्द्र सुब्बाले उनलाई आफुले निर्देशन गर्ने चलचित्रमा अनुबन्ध गराएका छन् । नाम नतोकिएको उक्त चलचित्रमा मिरुनाले अभिनेता दयाहाङ राईसँग काम गर्ने पक्का भएको छ ।

‘कबड्डी कबड्डी कबड्डी’को उत्कृष्ट ब्यापार सँगै दयाको क्रेज नेपाली फिल्ममा अझ बढ्दो देखिएको छ । यस अर्थमा पनि मिरुनाका लागि लक्की सावित हुन सक्छन् ।

उसो त मङ्सिर ६ गते मिरुना र चकलेटी हिरो आर्यन सिग्देल अभिनित चलचित्र ‘च च हुइँ’ प्रदर्शन हुँदैछ । यो चलचित्रबाट मिरुनालाई पक्कै केही आश होला । लगातारको ब्यापारिक असफलता पछि मिरुनाको लागि ‘च च हुइँ’ चल्न आवश्यक पनि भएको छ । तर, यो फिल्म चले पनि नचले पनि मिरुनाको फिल्मी करियर चलि नै रहने देखिन्छ ।

एउटा मात्रै चलचित्र नचल्दा पनि करियर नै सकिने नेपाली कलाकारको अवस्थामा मिरुनालाई भने लक्की मान्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *