अन्तरास्ट्रिय

हङकङकी कार्यकारी प्रमुख क्यारी लामलाई हटाउने योजनामा चीन

चीनले हङकङकी कार्यकारी प्रमुख क्यारी लामलाई हटाउने योजना बनाएको फाइनान्सियल टाइम्सले जनाएको छ । यदि चिनियाँ राष्ट्रपति सी जिनपिङले उक्त योजनाका विषयमा अघि बढ्ने निर्णय गरेमा लामलाई हटाएपछि उनीपछिका नेता नियुक्त हुने बताइएको छ ।

लामका मुख्य उत्तराधिकारी हङकङ मौद्रिक प्राधिकरणका पूर्वप्रमुख नोरमान चान हुन् । अर्का सम्भावित उत्तराधिकारी हेनरी ताङ रहेका छन् । उनले पनि हङकङको वित्तमन्त्री र प्रशासनिक प्रमुख भएर काम गरिसकेका छन् ।

स्रोतले फाइनान्सियल टाइम्सलाई बताएअनुसार चीनले हङकङको नेतृत्व परिवर्तनको अन्तिम निर्णय गर्नुअघि नै स्थिरता चाहेको छ । चीनले हङकङमा नेतृत्व परिवर्तनमा क्रममा कुनै पनि हिंसा नभड्कियोस् भन्‍ने चाहन्छ ।

यसअघि सेप्टेम्बरमा समाचार संस्था रोर्यटर्समा प्रकाशित समाचार हनुसार उनले चाहेमा नेतृत्व छोड्न सक्ने बताएकी थिइन् । उनले चीन सरकारसँग नेतृत्व छोड्ने सम्बन्धमा भने नसोधिएको बताएकी थिइन् । हङकङमा विवादित सुपुर्दगी विधेयकका कारण सुरु भएको आन्दोलमा सयौं हजार मानिसहरु सडका उत्रिएका थिए । उनीहरुले सुपुर्दगी विधेयक फिर्तासहितका पाँच माग राखेका छन् ।

मंगलबार सुपुर्दगी विधेयक औपचारिक रुपमा फिर्ता लिए पनि अन्य चार माग सम्बोधन नभएका कारण आन्दोलन जारी राख्ने हङकङका प्रदर्शनकारीहरुले बताएका छन् । उनीहरुले पछिल्लो समय स्वतन्त्रता र प्रजातन्त्र स्थापना हुनुपर्ने मागसमेत राखेका छन् ।

यसअघिको आन्दोलनमा उनीहरुले ‘ट्रम्प आउँ, हङकङ बचाउँ’ भन्दै नाराबाजीसमेत गरेका थिए । चीनले भने हङकङमा आन्दोलन लम्बिनुमा विदेशी शक्ति राष्ट्रहरुले उकासिरहेको आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *