मनोरंजन

दीपक मनाङ्गेको जीवनकथामा फिल्म ‘मनाङ्गे’ बन्ने

प्रदेशसभा सांसद दीपक मनांगेको जीवनकथामा चलचित्र निर्माण हुने भएको छ । डनदेखि सांसदसम्म भएका दिपकको जीवनका उतारचढाव नै चलचित्रको मुख्य कथावस्तु रहेको छ । ‘मनांगे’ नाम दिइएको चलचित्रलाई किरण नेपाली र अमलादेवी राईले निर्माण गर्ने भएका छन् । चलचित्रको निर्देशकको रुपमा जमन बिष्ट अनुवन्धित भएका छन् । उनी अहिले कथामा काम गरिरहेका छन् ।

दिपकको बायोपिक दर्शकका लागि रोचक हुने विश्वास निर्माणपक्षमा छ । चलचित्रका कलाकारको बारेमा भने निर्माण पक्षले जानकारी गराएको छैन तर चलचित्रको लिड क्यारेक्टरको लागि चल्ती कै कलाकारसँग कुरा भईरहेको बुझिएको छ ।चलचित्रलाई २०७७ सालको चैत्रको अन्तिम साता नयाँ वर्षलाई लक्षित गरेर चलचित्र रिलिज गर्ने तयारी रहेको बुझिएको छ ।

‘अनलक्की’ मिरुनाको ‘लक्की’ करियर
नायिका मिरुना मगरलाई नेपाली चलचित्रकी एक ‘अनलक्की’ नायिका मानिन्छ । ‘लालपुर्जा’बाट नेपाली रजतपटमा डेब्यु गरेकी उनका ‘रोज’ र ‘साईनो’ रिलिज भईसकेका छन भने ‘च च हुइँ’ प्रदर्शनको पर्खाईंमा छ । उनका रिलिज भईसकेका तिनै चलचित्रले उनलाई हिटको ट्याग दिन सकेन बरु उनको फ्लपको सङ्ख्या मात्रै बढायो । तर, पनि उनमा पक्कै केही गुनासो छैन होला र कामको कमी पनि त छैन । चलचित्र लगातार असफल भएपनी उनलाई आफ्नो चलचित्रमा काम गराउने चाहना स्थापित निर्माता निर्देशकमा पनि भएको देखिन्छ ।

कबड्डी सिरिजका लेखक उपेन्द्र सुब्बाले उनलाई आफुले निर्देशन गर्ने चलचित्रमा अनुबन्ध गराएका छन् । नाम नतोकिएको उक्त चलचित्रमा मिरुनाले अभिनेता दयाहाङ राईसँग काम गर्ने पक्का भएको छ ।‘कबड्डी कबड्डी कबड्डी’को उत्कृष्ट ब्यापार सँगै दयाको क्रेज नेपाली फिल्ममा अझ बढ्दो देखिएको छ । यस अर्थमा पनि मिरुनाका लागि लक्की सावित हुन सक्छन् ।

उसो त मङ्सिर ६ गते मिरुना र चकलेटी हिरो आर्यन सिग्देल अभिनित चलचित्र ‘च च हुइँ’ प्रदर्शन हुँदैछ । यो चलचित्रबाट मिरुनालाई पक्कै केही आश होला । लगातारको ब्यापारिक असफलता पछि मिरुनाको लागि ‘च च हुइँ’ चल्न आवश्यक पनि भएको छ । तर, यो फिल्म चले पनि नचले पनि मिरुनाको फिल्मी करियर चलि नै रहने देखिन्छ ।एउटा मात्रै चलचित्र नचल्दा पनि करियर नै सकिने नेपाली कलाकारको अवस्थामा मिरुनालाई भने लक्की मान्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *