मनोरंजन

सूर्य अवार्ड’ मा अनमोल, प्रदिप र विपिनबिच भिडन्त, को बन्ला त उत्कृष्ट अभिनेता

सूर्य इन्टरनेशनल अवार्ड २०१९ को नोमिनेशन सार्वजनिक भैसकेको छ । उत्कृष्ट ३ लाई मात्र मनोनयनमा राखिएको छ ।यस्तै सूर्य अवार्ड को उत्कृष्ट अभिनेताको नोमिनेशनमा यसपटक अनमोल केसी (क्याप्टेन) बाट, प्रदिप खड्का (लब स्टेशन) बाट र विपिन कार्की (प्रसाद) बाट परेका छन् । व्यापारिक रुपमा हेर्ने हो भने प्रसाद सुपरहिट भएको चलचित्र हो, क्याप्टेन ले औषत कमाइ गरेको थियो भने लब स्टेशन फ्लप भएको थियो ।

तर यी तिनै अभिनेता आ–आफ्नो ठाउँमा उत्कृष्ट छन् । ३ अभिनेताको फ्यान फलोइङ निकै लोभलाग्दो रहेको छ । अब यी तिन अभिनेतामध्ये अवार्ड कसको पोल्टामा पर्ने हो त्यो हेर्ने भने नोभेम्बर २४ पर्खनै पर्छ ।

सृष्टिको हात माग्न यूके पुगे सौगात
सौगात मल्ल र सृष्टि श्रेष्ठ पछिल्लो समयको निकै लोकप्रिय जोडी हो । सौगात र सृष्टि विगत केही बर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका छन् । उनीहरु अभिनीत चलचित्र पोई पर्यो काले यहि कातिर्क ८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । तर सौगात र सृष्टि भने नेपाल बाहिर छन् ।

सौगात र सृष्टि दशैँ अघि नै यूके उडेका हुन् । उनीहरु अब भाइटिकाको २ दिनपछि मात्र नेपाल फर्कनेछन् । यस्तै सौगात र सृष्टिका फ्यानको मनमा एउटै प्रश्न छ, उनीहरु यूके किन गएका होलान् । सृष्टिको परिवार यूकेमा छन् ।

सौगात र सृष्टिले केहीसमयदेखि विवाह गर्ने योजना भएको बताउँदै आएका छन् । यस्तै सौगात यूके सृष्टिको परिवारसँग सृष्टिको हात माग्न गएको बुझिएको छ । अब केही समयभित्र नै सौगात र सृष्टिले विवाह गर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *