मनोरंजन

रणवीर–आलियाको विवाहको नक्कली कार्ड भाइरल भएपछि…

मुम्बई – आलिया भट्ट र रणवीर कपूरको अफेअरका बारेमा त धेरैलाई थाहा नै छ । यी दुईको बलिउडमा खुबै चर्चा हुने गर्छ । यतिबेला भने आलिया र रणवीरको बिहेको नक्कली कार्ड सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आलिया र रणवीरको बिहेको कार्डले फ्यानसमेत झुक्काएको छ । कार्डमा सगुन सेरेमनी राजस्थानमा हुने भनेर लेखिएको छ । जबकि, यो कार्ड पूर्ण रुपमा नक्कली हो । यसलाई फोटोशप गरेर बनाइएको हो ।यो कार्डमा आलिया र उनकी आमाको भनाइ बाहिर आएको छ । साथै मुकेश भट्टले पनि यसबारेमा मुख खोलेका छन् ।

भारतीय मिडियासँग कुराकानी गर्दै आलियाका अंकल मुकेश भट्टले भने, ‘आलिया यतिबेला फिल्मको छायांकनमा व्यस्त छिन्, मलाई देशभरबाट यो बारेमा बुझ्न फोन आइरहेको छ, यस्तो कहाँ हुन्छ? दुःखको कुरा यो हो कि, कार्डमा निकै गल्ती छन् ।’

यता आलियाले पनि यसबारेमा हाँस्दै प्रतिक्रिया दिइन् – के भनौँ ?

नक्कली बिहेको कार्डमा गल्तीहरु छन् । यतिसम्म कि नाममा समेत त्रुटि छ । अझ कार्डमा आलियालाई मुकेश भट्टकी छोरी भनिएको छ । जबकि, आलिया महेश भट्टकी छोरी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *