अन्तरास्ट्रिय

दक्षिण कोरियाले निर्माण गरेका होटलहरु भत्काउन किमको आदेश

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाले निर्माण गरेका सबै होटलहरु भत्काउन आदेश दिएका छन्।किमले उत्तर कोरियामा रहेको होटलहरु जुन दक्षिण कोरियाले निर्माण गरिदिएका थिए ती सबै होटलहरु भत्काउन आदेश दिएको बीबीसीले जनाएको छ।उत्तर कोरियाका पर्यटकीय स्थलहरुमा निर्माण भएका होटलहरु प्राय दक्षिण कोरियाको कम्पनीले निर्माण गरेका छन्।

माउट कुमगाङमा रहेको एक होटललाई किमले ‘प्रकोप प्रभावित क्षेत्रको अस्थायी पालहरु’ भएको संज्ञा दिएका छन्। उक्त कम्प्लेक्स दक्षिण कोरियाले निर्माण गरेको थियो।

उत्तर कोरियाले हालैका दिनमा आत्मनिर्भरताको कार्यक्रम ल्याएको छ। सोही योजनाअनुसार किमले दक्षिणले निर्माण गरिदिएको होटल भत्काउन लगाएको अनुमान गरिएको छ।

राष्ट्रपति भण्डारी जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी भई आज (बुधबार) बिहान टोकियोस्थित हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गरेकी छन्।

उनलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरेका छन्।

राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा.हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी सहभागी छन्।

राष्ट्रपति भण्डारी चीनको गोन्जाव हुँदै राति नौ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण हुने कार्यक्रम छ।

राष्ट्रपति भण्डारी २९ असोजमा राजकीय भ्रमणका लागि म्यान्मा प्रस्थान गरेकी थिइन्। म्यान्माको भ्रमण पूरा गरेर ३ कात्तकमा उनी जापान गएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *