खेलकुद

एल क्लासिकोको नयाँ मिति तय

एजेन्सी । शनिबार हुने भनिएको बार्सिलोना र रियल म्याड्रिडबीचको सिजनको पहिलो एल क्लासिको स्थगित भएपछि नयाँ मिति तय गरिएको छ ।आगामी अक्टोबर २६ मा खेलाइने भनिएको यो खेल अब डिसेम्बर १८ मा खेलाइनेछ ।

बार्सिलोनामा पछिल्लो दुई हप्तादेखि भइरहेको विरोध प्रदर्शनका कारण ला लिगाले खेल क्याम्प नाउबाट स्यान्टियागो बर्नाबेउमा सार्न र दोस्रो खेल बार्सिलोनाको घरेलु मैदानमा खेल्न आग्रह गरेको थियो ।तर, दुवै क्लबले उक्त प्रस्ताव अस्वीकार गरेपछि स्पेनिस फुटबल फेडरेसनको सहमति अनुसार मिति सारिएको हो ।

टोट्टनहाम र बायर्नको जित
इङ्लिस क्लब टोट्टनहाम र जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिग फुटबलमा जित निकालेका छन् । समूह ‘बी’ अन्तर्गत मंगलबार राति भएको खेलमा टोट्टनहामले सर्वियन क्लब करभेना जभेज्दा (रेडस्टार बेलग्रेड) लाई ५–० गोलले हरायो । अर्को खेलमा बार्यनले ग्रीसको ओलम्पियाकोसलाई ३–२ गोलल पराजित गर्यो ।

घरेलु मैदानमा टोट्टनहामको फराकिलो जितमा कप्तान ह्यारी केन र ह्युङ मिन सनले दुई दुई गोल गरे । अर्को गोल इरिक लामेलाले गरेका थिए । केनले नवौं र ७२औं तथा सनले १६औं र ४४औं मिनेटमा गोल गरेका थिए । इरिकले ५७औं मिनेटमा गोल गरेका थिए ।

यसैगरी बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले ३४औं र ६२औं मिनेटमा दुई गोल गरे । अर्को गोल कोरेन्टिन टोलिसोले ७५औं मिनेटमा गरेका थिए । घरेलु मैदानमा ओलम्पियाकोसका युसेफ अल अरवीले २३औं र गुइलहेर्मेले ७९औं मिनेटमा एक एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

समूहमा टोट्टनहामको यो पहिलो जित हो । जितसँगै दोस्रो स्थानमा रहेको टोट्टनहामले तीन खेलबाट चार अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बायर्नको नौ अंक छ । रेडस्टार तीन अंकसहित तेस्रो स्थानमा छ । उक अंक बनाएको ओलम्पियाकोस अन्तिममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *