अन्तरास्ट्रिय

चर्चित निर्देशक रेमो डिसुजाविरुद्ध गैर जमानती वारेण्ट जारी

मुम्बइ। चर्चित निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजाविरुद्ध गाजियाबाद अदालतले गैर जमानती वारेण्ट जारी गरेको छ । धोकाधडी मामिलामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । रेमोमाथि आरोप छ कि उनले फिल्म बनाउनको लागि एक व्यक्तिसँग ५ करोड रुपैयाँ लिएका थिए र १० करोड फिर्ता दिने बचा गरेका थिए तर उनले यसो गरेनन् ।

अदालतमा पेश नभएका कारण रेमोविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । रेमोको तर्फबाट यस विषयमा कुनै प्रतिक्रिया आएको छैन । रेमोविरुद्ध उजुरी गर्ने गाजिवाबादका सत्येन्द्र त्यागीका अनुसार रेमोले उनीसँग फिल्मको लागि २०१६ मा ५ करोड लिएका थिए । त्यागीका अनुसार रेमोले फिल्म रिलिज भएपछि दोब्बर रकम फिर्ता दिने भनेका थिए तर अहिलेसम्म उनले पैसा फिर्ता दिएका छैनन् ।

कोरियोग्राफीका साथै रेमोले एबीसीडी २, अ फ्लाइङ जट र रेस ३ को निर्देशन गरिरहेका छन् । अहिले उनी बरुण धवन र श्रद्धा कपूर स्टारर फिल्म स्ट्रिट डान्सर थ्रीडीको काममा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *