मनोरंजन

हिरोइनजस्तै छिन् अर्बपतिकी यी छोरी, यस्ता कुराकी सौखिन् छिन् उनी

एजेन्सी । आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडलाकी छोरी अनन्यालाई कुनै परिचयको आवश्यकता छैन् ।

आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडलाकी छोरी अनन्यालाई कुनै परिचयको आवश्यकता छैन् । अक्सफोर्ड युनिभर्सिटीमा इकोनोमिक्स र म्यानेजमेण्ट पढिरहेकी अनन्याले १७ वर्षकै उमेरमा आफ्नै कम्पनी खोलिन् ।

अक्सफोर्ड युनिभर्सिटीमा इकोनोमिक्स र म्यानेजमेण्ट पढिरहेकी अनन्याले १७ वर्षकै उमेरमा आफ्नै कम्पनी खोलिन् ।

उसो त कर्पोरेट घरानाका केटाकेटीहरु खानदानी विजनेश ज्वाइन गर्न मन पराउँछन् । तर, अनन्याले यस्तो गरिनन् र उनले १ मार्च २०१३ मा आफ्नै स्वतन्त्र माइक्रोफाइनान्स लन्च गरिन् ।

अर्बपति बिजनेश टाइकुनकी यी सुन्दरी छोरीले फेशन संसारमा पनि आफ्नो पहिचान बनाइसकेकी छिन् । उनले भोग, हेलोजस्तो म्याग्जिनका लागि फोटो सुट गरेकी छिन् ।

आफ्नो शरीरमा ५ वटा टाटू बनाइसकेकी अनन्या म्युजिकमा पनि रुची राख्छिन् । हालै उनको पहिलो इन्टरनेशनल एल्बम ‘लिभिङ द लाइभ’ लन्च भएको थियो । २२ वर्षीया अनन्याको यो म्युजिक एल्बम जिम बेन्जले उत्पादन गरेको हो ।

अक्सफोर्ट युनिभर्सिटीमा पढाइ गरिरहेका बेला उनले लाइभ शोमा गितार बजाएर गीत गाउन सुरु गरेकी थिइन । १ वर्ष नबित्दै उनले ७० भन्दा बढी लाइभ शोमा प्रस्तुती दिइन । उसो त उनको इन्ट्राग्राममा हेर्ने हो भने ट्यालेन्ट र सुन्दरताको लागि बलिउडकी कुनै स्टारभन्दा कम देखिदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *