प्रमुख समाचार

उपनिर्वाचनका उम्मेदवार छान्न आज कांग्रेसको बैठक, यी हुन् सर्वसम्मत उम्मेदवार !

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ ।

बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरू गर्ने भएको छ ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदैछ । नेपाली कांग्रेसका सहायक महामन्त्री डा. प्रकाशशरण महतले बैठकले तिहारअगाडि नै उम्मेदवारको टुंगो लगाइसक्ने बताए ।

केही जिल्लाबाट एकल उम्मेदवारको नाम आएपनि कतिपय जिल्लाबाट धेरै उम्मेदवारको नाम आएको जानकारी डा. महतले दिए । प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ का लागि १२ जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा आएको छ ।

कांग्रेसका मुख्य सचिव पौडेलका अनुसार धरान उपमहानगरपालिकाका लागि तिलक राईको एक मात्र नाम सिफारिस भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा पनि एकल उम्मेदवारको नाम सिफारिस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *