मनोरंजन

४४ वर्षकी महिला २२औं सन्तानको आमा बन्दै

एजेन्सी-बेलायतको सबैभन्दा ठूलो परिवारकी ४४ वर्षीय महिला सू रैडफोर्ड २२ औं सन्तानको आमा बन्दैछिन्। उनको पेटमा हाल १५ हप्ताको गर्भ रहेको छ।

पछिल्लो वर्ष उनले २१ औं सन्तानलाई जन्म दिएकी थिइन्। त्यसबेला उनले यो नै आफ्नो अन्तिम सन्तान हुने बताएकी थिइन्। सू ले हालै पति नोइल रैडफोर्डका साथ आफ्नो अल्ट्रासाउंडको भिडियो यु ट्यूबमा शेयर गरेकी छन्।

विज्ञापन

लंकाशायरको मोरकैंब निवासी सू भन्छिन्,’उनको २२ औं सन्तानको जन्म अप्रिलमा हुनसक्छ। उनलाई यो सन्तान छोरा नै हुन्छ भन्ने लागेको छ। अहिलेसम्म उनले ११ वटा छोरालाई जन्म दिइसकेकी छन्।

सू तथा नोएलको सबैभन्दा जेठो सन्तान क्रिस हुन्। उनी हाल ३० वर्षका भएका छन्। उनको बहिनी सोफियाको उमेर भने २५ वर्ष भएको छ। त्यस्तै अन्य सन्तानमा कोहले (२३), जैक (२३) डेनियल (२०), ल्यूक (१८), मिली (१७), कैटी (१६), जेम्स (१५), एली (१४), एमी (१३), जश (१२), मैक्स (११), टिली (९), अस्कर (७), कैस्पर (६), हैली (४), फोबी (३),आर्ची (१८महीना) तथा बोनी (८ महीना) का रहेका छन्।

सू तथा नोएलको १७ औं सन्तान अल्फी भने यस धरतीबाट बिदा भइसकेकी छन्। उनको जन्मना साथ मृत्यु भएको थियो। उनको जेठो सन्तन क्रिस तथा सोफिया भने अहिले आफनो आफ्नो बेग्लै घरमा बस्छन्। छोरी सोफिया त तीन सन्तानको आमा समेत बनिसकेकी छन्।

सन् २००४ भन्दा पहिले यो परिवार १७० पाउंडको भाडाको घरमा बस्ने गथ्र्यो। सू को पति नोएल बेकरीको व्यापार गर्छन् भने उनको परिवार १० बेडरूमको घरमा बस्ने गर्छन्।

प्रत्येक हप्ता परिवारको खाना खर्च ५१ हजार रुपैयाँ भन्द बढी हुने गर्छ। परिवारमा दैनिक १८ किलो कपडा धुलाउनु पर्छ भने घरमा सँधै सफाइ चलिरहेको हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *