अभिनेता अजय देवगनका बुबा वीरु देवगनको निधन गत मे महिनामा भयो। वीरु बलिउडका द्वन्द्व निर्देशक थिए। एक अन्तर्वार्तामा अजयले आफूले थुप्रै पटक पब्लिकबाट कु टाइ खाएको बताएका थिए। ‘मसँग एउटा सेतो कार थियो,’ अजयले अन्तर्वार्तामा भनेका थिए, ‘त्यसमा साथीहरूसँग घुम्न निस्किन्थेँ। एक पटक एउटा साँघुरो गल्लीबाट निस्किँदा एक्कासि सानो बच्चा चंगाको पछि दौडिँदै मेरो कारका अगाडि आयो।
मैले झयाप्पै ब्रेक लगाएँ। धन्न बच्चालाई चोटपटक लागेन। ऊ सुरक्षित थियो।’ तर, अचानक भएको घटनाले बच्चा डरायो र रुन थाल्यो। बच्चा रोएको सुनेर वरिपरिका मान्छे जम्मा भए। ‘छिनमै त्यहाँ एक हजारभन्दा बढी मान्छे जम्मा भए,’ अजयले भने, ‘सम्झाउने प्रयास गर्दा पनि भीडले हाम्रो कुरा सुनेन। सबैले हामीलाई घेरे। गा ली गर्न थाले र पि ट्न थाले। हामी डरायौँ।’
१० मिनेटपछि घटनाको समाचार अजयका बुबा वीरुसम्म पुग्यो। ‘बुबा दुई सय फाइटरसहित त्यहाँ पुग्नुभयो,’ अजयले अन्तर्वार्तामा भने, ‘कराउन थाल्नुभयो– मेरो छोरालाई कसले पि ट्यो? उहाँ कराएपछि त्यहाँ भएको भीड शान्त भयो। त्यसपछि हामी चुपचाप त्यहाँबाट निस्कियौँ।’
यो पनि पढ्नुहोस : नक्कली बिहेको कार्डका कारण तनावमा आलिया
मुम्बई (एजेन्सी) – बलिउड अभिनेत्री आलिया भट्ट नक्कली विवाहको कार्डका कारण तनावमा छिन्। भारतीय सञ्चार माध्यमका अनुसार सामाजिक सञ्जालमा उनी र अभिनेता रणवीर कपुरको नक्कली विवाहको कार्ड भाइरल भएपछि कुनै प्रतिक्रिया नदिइकन हाँसेर टारेकी छिन्।
मुम्बई एअरपोर्टमा भेटिएकी उनले सञ्चार माध्यमले विवाहको कार्डमाथिको सत्यताबारे सोधेको प्रश्नलाई हाँसेर जवाफ नदिई फ्याइटको निम्ति हतारिएको जनाएको छ। सो नक्कली विवाहको कार्डमा अभिनेत्री भट्ट र अभिनेता कपुरको विवाह मिति सन् २०२० को जनवरी २२ तारिक तोकिएको छ।
‘म के भनौं ? हैन्,’ हतारिदैं अभिनेत्री भट्टले भनिन्। सो नक्कली कार्डमा अभिनेत्री भट्टको पिताको नाम महेश भट्ट नभएर मुकेश लेखिएको छ। यसअघि बलिउडका फिल्म निर्माता करण जोहरले एक कार्यक्रममा अभिनेत्री भट्टलाई सोधेका थिए, ‘अभिनेत्री करिना कपुर तिम्री आमाजु हुन्छिन् भनेर कल्पना गरेकी थियौं ?’ अभिनेत्री भट्टले जवाफ दिन नपाउँदै करिनाले भनेकी थिइन्, ‘म संसारको खुसी महिला हुनेछु।’